अफगानिस्तानसँगको खेल रद्द हुँदा नेपाल विश्वकपमा छनोट हुन असफल
काठमाडौँ । आईसीसी यू–१९ विश्वकपका लागि एसिया क्षेत्रको छनोटका लागि नेपाल र अफगानिस्तानबीचको अन्तिम खेल नहुने भएको छ।
वर्षाका कारण खेल प्रभावित भएर रद्ध भएपछि दुवै देशले अंक बाँडेका हुन। समान अंक भए पनि रनरेटमा अगाडि भएका कारण विश्वकपमा लागि अफगानिस्तान छनोट भएको हो।
नेपाल र अफागानिस्तानबीच शनिबार बिहान ९ बजेबाट खेल हुने कार्यतालिका रहेको भए पनि बिहानभरी काठमाडौँमा परेको वर्षाका कारण मैदान खेल्न अयोग्य बनेको थियो।
ढिलागरी वर्षा रोकिएपछि मैदानलाई सुकाएर भए पनि खेल खेलाउन दिउँसो २ बजेसम्म गरिएको प्रयत्न सफल हुन नसकेपछि अन्तिममा खेल र रद्द गरिएको हो। प्रतियोगितामा नेपालले यूएई, ओमान र हङकङलाई हराएको थियो। अफगानिस्तानले पनि यिनै टोलीलाई हराएर शीर्ष स्थानमा पुगेको थियो।
अफगानिस्तानसँगको आजको खेलपपछि नै विश्वकपमा पुग्ने टिमको छिनोफानो हुने अवस्था थियो।
२०२६ मा हुने यू–१९ विश्वकपका लागि एसिया क्षेत्रबाट एउटौ मात्रै टिम छनोट हुने व्यवस्था आईसीसीले गरेका कारण प्रतियोगिताको शीर्ष एक टिम मात्रै छनोट हुन सकेको हो।
नेपालले सन् २०२४ को विश्वकप खेलेको थियो। दक्षिण अफ्रिाकामा भएको खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको थियो।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


