वडा अध्यक्षविरुद्ध पक्राउ पूर्जी जारी, एमाले सांसदकाे दबाबले समातिएनन अझै
सिरहा । सिरहाका एकजना वडा अध्यक्ष विरुद्ध आपराधिक उपद्रव, आगजनी तथा लुटपाट सम्बन्धी कसुरमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरे पनि उनी अझै समातिएका छैनन ।
राजनीतिक संरक्षकका कारण स्थानिय प्रहरीले उनलाई पक्राउ नगरेकाे स्थानियकाे भनाइ रहेकाे छ । एमाले पार्टीबाट निर्वाचित सिरहा नगरपालिका-१३ का वडाध्यक्ष सर्भेन्द्र साहलाई राजनीतिक दवावका कारण गर्न प्रहरीले आनाकानी गर्दै आइ रहेकाे जनाइएकाे छ ।
वडा अध्यक्ष साह सहित १२ जनाविरुद्ध आपराधिक उपद्रव, आगजनी तथा लुटपाट सम्बन्धी कसुरमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको महिना दिन भन्दा बढी बितिसक्दा पनि प्रहरीले पक्राउ नगरेको पछि स्थानिय रूष्ट भएका छन् ।
उच्च अदालत, राजविराजको परमादेश अनुसार आपराधिक उपद्रब, आगजनी तथा लुटपाट सम्बन्धी कसुरमा उनीहरूविरुद्ध चैत १३ गते जिल्ला प्रहरी कार्यालय, सिरहामा मुद्दा दर्ता भएको थियो। मुद्दा दर्ता भएको एक महिना भन्दा पनि बढी भइसकेकाे छ । तर,प्रहरीले उनीहरूमध्ये कसैलाई पक्राउ गर्न नसकेको स्थानिय दिनेश यादवले बताए।
उनले भने, ´अदालतले चैत १७ गते नै वडाध्यक्ष साहसहित १२ जना प्रकाश महतो, दुखी महतो, पञ्चलाल महतो, सोगारथ महतो, अमन महतो, रामदिनेश यादव, सतिश यादव, जीवछ महतो, सोभित महतो, खुशीलाल महतो र पाण्डब महतो
विरुद्ध पक्राउ पुर्जी जारी भए पनी उनीहरु अहिले पनी खुलेआम घुमिरहेका छन् ।’
यता घटनाको अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रमुख (एसपी ) अनन्तराम शर्माले जनाए । ‘म आउनुभन्दा अगाडी नै यो मुद्दा दर्ता भएको रहेछ, प्रहरीले गर्नु पर्ने काम गरिरहेको छ, अनुसन्धानसमेत हुँदैछ।´
वडा अध्यक्ष सहित १२ जनाको समुहले सिरहा नगरपालिका-१३, फुलबरियाका ६६ वर्षीय रामसेवक भण्डारीको घरमा २०८० पुष २२ गते गालिगलौज गर्दै लुटपाट गरेको विपक्षीको आरोप छ। आफनै जग्गामा तार बार लगाउन खोज्दा उनीहरूले आफूसहित घरका सदस्यलाई गाली बेइज्जती तथा दुर्व्यवहार गर्दै घरमा आगो लगाइदिएको र घरमा भएका सुनचाँदीसहितका सामान लुटपाट गरी ५० लाख रुपैयाँको क्षति पुर्याएको भन्दै उच्च अदालत राजविराजमा रिट निवेदन दिएका थिए।
त्यसअघि घटनालगत्तै उनी जिल्ला प्रहरी कार्यालय, सिरहामा जाहेरी दर्ता गराउन गएका थिए। तर, पटकपटक गुहार्दा पनि प्रहरीले जाहेरी दर्ता नगरी दिएपछि उनी २०८१ असार २१ मा परमादेशका लागि रिट निवेदन लिएर उच्च पुगेका हुन् ।
वडा अध्यक्ष सहित १२ जनालाई सिरहा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य तथा पुर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठले संरक्षण गरिरहेको स्थानियकाे भनाइ रहेकाे छ । श्रेष्ठ कै दवावका कारण प्रहरीले उनीहरुलाई पक्राउ गर्न नसकेको उनीहरुको भनाइ छ।
सम्बन्धित समाचार
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

