Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

साउदी दरबारका ‘स्लिपिङ प्रिन्स’, जो २००५ देखी अझै सुतिराखेका छन्

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, बैशाख, ११
साउदी दरबारका ‘स्लिपिङ प्रिन्स’, जो २००५ देखी अझै सुतिराखेका छन्

रियाद । साउदी अरेबियाका राजकुमार अल–वालिद बिन खालिद बिन तलाल, जसलाई प्रायः ‘स्लिपिङ प्रिन्स’ भनेर चिनिन्छ । गत हप्ता उनले आफ्नो ३६ औं जन्मदिन कोमामा नै मनाएका छन् ।  उनले यसरी कोमामा नै जन्मदिन मनाएको झण्डै दुई दशक बढी भइसकेको छ, जसका कारण  उनलाई ‘स्लिपिङ प्रिन्स’ भनिएको हो ।

सन् २००५ मा लण्डनमा भएको कार दुर्घटनामा मस्तिष्कमा गम्भीर चोट लागेपछि उनी कोमामा गएका थिए र त्यसबेला देखि नै उनी त्यही अवस्थामा कोमा नै रहेका छन ।

राजकुमार अल वालिद करिब १९ वर्षदेखि भेन्टिलेटर र फिडिङ ट्यूबको सहयोगमा जीवन बाँचिरहेका छन् । उनलाई रियादको किंग अब्दुलाजिज मेडिकल सिटीमा समर्पित मेडिकल टोलीको निगरानीमा राखिएको छ। चिकित्सकहरुका अनुसार उनको स्वास्थ्यमा केही वर्षयता कुनै परिवर्तनसमेत आएको छैन्, उनी जस्ताको तस्तै छन् । फगत यति हो कि उनी जीवीत रहेका छन् ।

सन २०१९ मा एक समय थियो, जब उनको औंलाहरूमा केही हल्का हलचल देखिएको थियो र उनको टाउको पनि हल्का हल्लिएको थियो। यो खबर उनको स्वास्थ्य लाभको लागि प्रार्थना गर्नेहरूका लागि आशाको किरण बन्यो। तर, बिडम्बना त्यस पछि कुनै ठोस सुधार भएको छैन।

राजकुमार अल वलीदका बुबा राजकुमार खालिद बिन तलाल र आमा राजकुमारी रीमा बिन्त तलाल अझै पनि अल्लाहको कृपा र छोराको जाग्ने आशामा बाँचिरहेका छन्। प्रिन्स खालिदले यसअघि धेरै पटक भनेका छन् कि उनले जीवन समर्थन उपकरणहरू हटाउन कहिल्यै अनुमति दिने छैनन किनकि उनी यसलाई अल्लाहको इच्छा मान्छन्।

यस वर्ष अप्रिल १८ मा उनको जन्मदिनको बारेमा परिवारले कुनै आधिकारिक बयान जारी गरेको छैन। तर संसारभरका मानिसहरूले सामाजिक सञ्जालमा उनको लागि प्रार्थना पठाए र एक दिन होश फर्कने आशा व्यक्त गरे।

naima expoTop Changing Nepal

युट्युब सट्स