एकै दिनमा १५ जना फरार प्रतिवादी पक्राउ, अभियान प्रभावकारी
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले एकै दिनमा १५ जना प्रतिवादी लाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी प्रमुख एसपी दिलिप घिमिरेको निर्देशनमा संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत मंगलवार प्रहरीले १५ जनालाई जिल्लाको बिभिन्न स्थानवाट पक्राउ गरेको हो ।
जिल्ला अदालत रौतहटबाट दोषी ठहर भई दण्ड सजाय तोकिएर फरार रहेका उनीहरुलाई फैसला कार्यान्वयन अन्तर्गत पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा कुटपिट मुद्दाका विकास कुमार साह कलवार, मुन्ना भन्ने सरोज साह कलवार, शोभा देवी, लालबती देवी, नागरिकता मुद्दामा गेनालाल साह, किर्ते जालसाजी मुद्दामा असर्फी प्रसाद साह, सरस्वती देवी, बन पैदावार हानी नोक्सानी मुद्दामा सिताराम राय रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताए ।
त्यसैगरी, अन्य पक्राउ पर्नेहरुमा बहुविवाह मुद्दाका गणेश खड्का, जालसाजी मुद्दामा रामकिशोर मुखिया, बन मुद्दामा कृष्णकुमार साह, अभद्र ब्यवहार मुद्दाका उमाकान्त राय यादव, देव कुमारी यादवनी, धीरज पटेल, रिना देवी लगायत रहेको प्रवक्ता रायले जानकारी दिएका छन् ।
पक्राउ प्रतिबादीहरुबाट कुल ५ बर्ष,५ महिना १५ दिन कैद र १ लाख २० हजार,२९३ रुपैयाँ जरिवाना असुलका लागी बुधवार जिल्ला अदालत रौतहटमा उपस्थित गराईएको जिल्ला प्रहरी रौतहटको सूचनामा उल्लेख गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको फरार प्रतिवादी पक्राउ अभियान प्रभावकारी देखिएको छ भने अभियान अन्तर्गत यस आर्थिक बर्षमा हालसम्म १ हजार भन्दा बढी मानिस पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


