बेंगलुरुले राजस्थानलाई ११ रनले गर्यो पराजित
काठमाडौं । बेंगलुरुले राजस्थानलाई ११ रनले हराएपछि आरसीबीले यो सिजन पहिलो पटक घरेलु मैदानमा जित हासिल गरेको छ । छैटौं जितसँगै आरसीबी अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ । विराट कोहलीले ७० रन, पडिक्कलले ५० रनको इनिङ खेलेका थिए भने बलिङमा ह्याजलउडले ४ विकेट लिए ।
आइपीएल को ४२ औं लिग खेल रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्स बीच बैंगलोरको एम. चिन्नास्वामी स्टेडियममा खेलिएको थियो। यस खेलमा आरसीबीको टोलीले पहिले ब्याटिङ गर्दै २०५ रन बनाएको थियो ।
जवाफमा राजस्थानको टोलीले ९ विकेट गुमाएर १९४ रन मात्रै बनाउन सकेको थियो । योसँगै आरसीबीले खेल ११ रनले जित हासिल गरेको हो ।
२०६ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले राम्रो सुरुवात गरेको थियो । वैभव र यशस्विले ४.२ ओभरमा ५२ रन जोडेका थिए । भुवनेश्वर कुमारले यो खतरनाक साझेदारी तोडेका थिए । उनले वैभवलाइ १६ रनमा आउट गरे।
यसपछि यशस्वी पनि १९ बलमा ४९ रन बनाएर आउट भए । हेजलवुडले उनलाई आफ्नो शिकार बनाए। दुई विकेट खसेपछि पराग र राणाले इनिङ्सको जिम्मा लिएका थिए । यस अवधिमा परागले तीव्र गतिमा रन बनाए ।
उनले १० बलमा २२ रन बनाए । उनलाई पाण्ड्याले आउट गरेका थिए । उनी आउट भएपछि ध्रुव जुरेलले आफ्नो इनिङ्सलाई सम्हालेका थिए । तर, हेटमायरले खास केही गर्न सकेनन् र ८ बलमा ११ रन बनाएर आउट भए ।
५ विकेट खसेपछि शुभम दुबे र जुरेलले राजस्थानलाई जितको नजिक पुर्याएका थिए । तर ध्रुव ४७ रन बनाएर आउट भए । उनको आउट भएपछि शुभम दुबेले पनि खास केही गर्न सकेनन् र आरसीबीले खेल ११ रनले जित्न सफल भयो ।
सम्बन्धित समाचार
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


