Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

भरतपुरमा सुत्केरी महिलालाई पौष्टिक खाना र यातायात खर्च निःशुल्क

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, बैशाख, १४
भरतपुरमा सुत्केरी महिलालाई पौष्टिक खाना र यातायात खर्च निःशुल्क

भरतपुर । भरतपुर महानगरपालिकाले सरकारी वर्थिङ सेन्टरमा सुत्केरी हुने महिलालाई पौष्टिक खाना र यातायात खर्च ब्योहोर्ने भएको छ। भरतपुर महानगरपालिकाद्वारा आयोजित ‘सुत्केरी पोषण झोला बितरण कार्यक्रम’को सुरूवात गर्दै मेयर रेणु दाहालले सो जानकारी दिएकी हुन्।

‘सरकारी बर्थिङ्ग सेन्टरमा सुत्केरी हुने आमाहरूलाई पोषणयुक्त खाना र यातायात खर्चको ब्यवस्था महानगरबाट हुनेछ,’ उनले भनिन । आजै ‘सुत्केरी पोषण झोला बितरण कार्यक्रम’ शुभारम्भ कार्यक्रम भरतपुर–१७ गुंजनगर स्वास्थ्य केन्द्रबाट उनले सुरूवात गरेकी छिन् ।

Top Changing Nepal

युट्युब सट्स