Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

दक्षिण क्यारोलिनामा गोलाबारी हुँदा एकको मृत्यु, ११ जना घाइते

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, बैशाख, १५
दक्षिण क्यारोलिनामा गोलाबारी हुँदा एकको मृत्यु, ११ जना घाइते

काठमाडौं । अमेरिकाको दक्षिण क्यारोलिनाको लोकप्रिय पर्यटकीय सहर मर्टल बीचमा गोलाबारी भएको खबर आएको छ । घटनामा ११ जना घाइते भएको बताइएको छ ।

अधिकारीहरूका अनुसार घटनापछि प्रहरीले एक जनालाई गोली हानेको थियो । गोली लागेको कारण उनको मृत्यु भएको बताइएको छ । घाइतेहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।

मर्टल बीचका अधिकारीहरूका अनुसार शनिबार राति (स्थानीय समय अनुसार) मर्टल बीचमा कसैले गोली चलाएको थियो । प्रहरी विभागका अनुसार, तत्काल खतरा महसुस गरेपछि एक अधिकारीले एक जना मानिसलाई गोली हाने। गोली लागेर उनको मृत्यु भयो ।

यद्यपि, मृत्यु हुने व्यक्तिको नाम खुलाइएको छैन । उनी सन्दिग्ध थिए वा थिएनन् भन्ने कुरा स्पष्ट पारिएको छैन ।

naima expoTop Changing Nepal

युट्युब सट्स