हनुमान चालिसाको अद्भुत शक्ति : चिन्ता, अनिन्द्रा र ब्लड प्रेशर समाधान !
एजेन्सी । हनुमान चालिसाको महिमा अपरम्पार छ । यसको जप वा स्मरण मात्रले पनि व्यक्तिका सम्पूर्ण कष्टहरू हट्न थाल्छन् । यदि कुनै व्यक्ति आफ्नो घरमा नित्य हनुमान चालिसाको पाठ गर्छ भने उसले धेरै समस्याहरूबाट मुक्ति पाउँछ । धार्मिक मान्यताले मात्र होइन, अब विज्ञानले पनि अनुसन्धानका आधारमा यसलाई मान्न थालेको छ । यस सन्दर्भमा थुप्रै प्रयोगहरू समेत भएका छन् । आउनुहोस्, यस बारे विस्तारमा जानौं ।
हनुमान चालिसा सङ्कलन
हनुमान चालिसामा करिब ४० ओटा छन्द छन्, जसमध्ये अधिकांश अनुष्टुप छन्दमा लेखिएको पाइन्छ । यी छन्दहरू लयबद्ध, दोहोरिने (रिपिटेटिभ) र ध्यानयुक्त (मेडिटेटिभ) हुन्छन् । यी छन्दहरूले मस्तिष्कको बीटा वेभबाट अल्फा वेभसम्मको फ्रिक्वेन्सीमा परिवर्तन ल्याउँछन्, जसले मानिसको मन र मस्तिष्कलाई शान्तिको अनुभूति गराउँछ ।
नियमित जपका फाइदा
“रामदूत अतुलित बलधामा” जस्ता मन्त्रहरूलाई नियमित रूपमा जप गर्दा त्यसको ध्वनि कम्पनले शरीरभित्रको कोर्टिसोल अर्थात् तनाव हार्मोनलाई घटाउँछ र सेरोटोनिन तथा डोपामिन जस्ता सकारात्मक हार्मोनहरू बढाउँछ । यसले शरीरको शान्ति प्रणाली अर्थात् “प्यारासिंप्याथेटिक सिस्टम” सक्रिय गराउँछ । जर्नल अफ अल्टरनेटिभ मेडिसिनका अनुसार मन्त्र उच्चारणले तनाव घटाउने र सकारात्मक ऊर्जा बढाउने पुष्टि भएको छ ।
हृदयाघात र अन्य रोगहरूबाट बचाउँछ
ICMR र AIIMS को अनुसन्धान अनुसार, दैनिक १० मिनेट हनुमान चालिसाको पाठ गर्दा हृदयको धड्कन घटाउने, रक्तचाप नियन्त्रण गर्ने र निद्रामा सुधार ल्याउने प्रमाणित भएको छ । पोस्ट-ट्रॉमेटिक स्ट्रेस डिसअर्डर (PTSD), चिन्ता र ADHD जस्ता मानसिक समस्यामा समेत राहत मिल्ने देखिएको छ ।
रक्तचाप नियन्त्रणमा सहयोगी
जर्नल अफ इभोल्युसन अफ मेडिकल एन्ड डेन्टल साइन्सेसमा मीरा गोयल र उनको टोलीद्वारा गरिएको अध्ययन अनुसार १८ देखि २२ वर्षसम्मका २० जना MBBS छात्राहरुलाई १० मिनेटको हनुमान चालिसा संगीत सुनाइएको थियो, जसपश्चात् उनीहरूको रक्तचापमा उल्लेखनीय कमी आएको पाइएको थियो ।
हनुमान चालिसाको धार्मिक मान्यता
पौराणिक विश्वास अनुसार, नित्य हनुमान चालिसाको पाठ गरे जीवनमा संकट आउँदैन । व्यक्ति अनावश्यक झगडा, रोग-ब्याधि र सबै प्रकारका नकारात्मक शक्तिहरूबाट बच्न सक्छ । कलियुगमा हनुमानजीलाई सबैभन्दा सिद्ध र अमर देवता मानिन्छ । उहाँको कृपाबाट नै मानिसले श्रीरामको कृपा प्राप्त गर्न सक्छ ।
सम्बन्धित समाचार
२०८३ साउन ३० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
ट्रेन्डिङ
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार


