केजीएफ निर्देशकले जुनिएर एनटिआरसँगको फिल्म अर्को बर्ष रिलिज गर्ने
हैदरावाद । सुपरस्टार जुनियर एनटीआरको बहुप्रतिक्षित एक्शन ड्रामा फिल्म जुन २०२६ मा रिलिज हुने भएको छ।
केजीएफ निर्देशक प्रशान्त नीलको साथमा ‘ड्रयागन’ नामक चलचित्र जुन २०२६ मा ठूलो पर्दामा आउने पक्का भएको निर्माताहरूले मंगलबार घोषणा गरेका छन् ।
सोशल मिडिया प्लेटफर्म एक्समार्फत एनटिआर आर्टसले घोषणा गर्यो कि यो चलचित्र २५ जुन २०२६ मा धेरै भाषाहरूमा रिलीज हुनेछ। निर्माताहरूले जुनियर एनटीआरको ४२ औं जन्मदिन अर्थात मे २० मा हुने फर्स्ट लुक सार्बजनिक गरिने भएको छ।
एनटिआर नील फिल्म सुरुमा नयाँ बर्ष २०२६ मा रिलीजको लागि घोषणा गरिएको थियो तर अब यसलाई जुनमा सारिएको छ। फिल्मको छायांकन भर्खरै सुरु भएको छ जबकि आरआरआर स्टार गत २२ अप्रिलमा यसको सुटिङमा सामेल भए। यो आगामी वारः२ पछि अभिनेताको अर्को फिल्म रिलिज हुनेछ, जुन यस वर्ष अगस्ट १४ मा ठूलो पर्दामा आउँदैछ।
यसैबीच, जुनियर एनटीआरसँग जेलर निर्देशक नेल्सन दिलीपकुमारसँग र निर्देशक कोरतला शिवको देवराको दोस्रो भागमा पनि काम गर्दैछन्। दुबै फिल्म ड्र्यागनको सुटिङ सम्पन्न भएपछि सुरु हुनेछ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


