२२ हजार ७८६ डलरसहित पाँच पक्राउ
जानकारी केन्द्र
२०७३, जेष्ठ, २९
चितवन प्रहरीले २२ हजार ७८६ अमेरिकन डलरसहित पाँच जनालाई पक्राउ गरेको छ । चितवनका प्रहरी प्रमुख वसन्तबहादुर कुँवरका अनुसार उनीहरुलाई काठमाडौँबाट काँकडभिट्टा जाने क्रममा चितवनमा गाडी चेक गर्दा पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा म्याग्दी बाबियाचौर–५ का २८ वर्षीय नवीन क्षेत्री, म्याग्दी अर्मन गाविस–५ का २८ वर्षीय शेरबहादुर रोका, म्याग्दीकै बीमाका २० वर्षीय बादल जुग्जाली, सोही जिल्लाको ओखरबोट गाविस–५ बस्ने २२ वर्षीय मनेज बूढा र सोही ठाउँका ३३ वर्षीय मनोज भण्डारीलाई पक्राउ गरिएको कुँवरले बताउनुभयो ।
उहाँका अनुसार डलर बोकेर हिँड्न स्वीकृति चाहिनेमा कुनै पनि कागजपत्र नभेटिएकाले पक्राउ गरिएको छ । जेठ २७ गते पक्राउ परेका उनीहरुलाई अहिले थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन काठमाडौँ पठाइएको नेपाल प्रहरीले जनाएको छ
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


