नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित
काठमाडौं । नेपाल वाङमय परिषद् धनगढी, कैलालीद्वारा विभिन्न साहित्यिक प्रतिभा तथा स्रष्टा सम्मानित भएका छन्। परिषदद्वारा आयोजित स्रष्टा सम्मान तथा कृति विमोचन कार्यक्रम शनिबार काठमाडौंमा सम्पन्न भएको हो।
समारोहमा वरिष्ठ साहित्यकार, अनुसन्धाता आर.डी. प्रभास चटौत र उनकी श्रीमती राजलक्ष्मी चटौतले संकलन गरेको ‘सुदूरपश्चिमेली लोकगीत’ नामक कृति विमोचन गरियो। उक्त कृतिको प्रमुख अतिथि, विशिष्ट अतिथि, सम्मानित प्रतिभालगायतले कृतिको संयुक्त रुफमा विमोचन गरेका हुन्।
साझा प्रकाशनबाट प्रकाशित कृतिबारेमा प्रखर कवि एवं भ्याली भ्यू बोर्डिङ स्कुलका प्रिन्सिपल सुभाषचन्द्र भण्डारीले समीक्षात्मक मन्तव्य प्रस्तुत गरेका थिए।
सो क्रममा वाङ्मय परिषदद्वारा घोषणा गरिएका सम्मान पुरस्कार पनि प्रदान गरिएको थियो। जसअन्तर्गत वि.सं. २०८० का लागि नेपाली वाङ्मय साधना सम्मान गोपाल अश्कलाई, पद्मा–रामचन्द्र लघुकथा सम्मानबाट नवराज रिजाललाई तथा कर्मयोद्धा सृजना सम्मान राजेन्द्र तारकिणीलाई प्रदान गरिएको छ।
त्यस्तै वि.सं. २०८१ का लागि आरडी प्रभास–राजलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कारबाट प्रा.डा. महादेव अवस्थी, नेपाली वाङ्मय साधना सम्मानबाट प्रा.डा. कपिल लामिछाने, राधिका–गोपालदत्त लघुकथा सम्मानबाट ध्रुव मधिकर्मी, कर्मयोद्धा सृजना सम्मानबाट मेघनाथ खनाल ‘बन्धु’लाई सम्मानित गरिएको छ।
यसअघि नै घोषणा गरिएका राधिका–गोपालदत्त लघुकथा सम्मान २०८० का लागि भारतीय साहित्यकार डा. रामनिवास मानवलाई र पद्मा–रामचन्द्र लघुकथा सम्मान २०८१ डा. हरिप्रसाद भण्डारीलाई दिने घोषणा गरिएकोमा कारणवश उनीहरू कार्यक्रममा उपस्थित सकेनन्। छुटेका प्रतिभालाई पछि अलग्गै कार्यक्रम गरेर सम्मान प्रदान गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा साहित्यकार तथा पूर्वमन्त्री शान्ता मानवी प्रमुख अतिथि तथा पूर्वमन्त्री तारिणीदत्त चटौत, वरिष्ठ साहित्यकार आर.डी. प्रभास चटौत, भाषा आयोगका सदस्य सुरेश मानन्धर, साझा प्रकाशनका सञ्चालक सदस्य मनोहर लामिछाने विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
प्रमुख अतिथि मानवीले सुदूरपश्चिमबाट आएर राजधानीमा संस्थाका माध्यमबाट महत्वपूर्ण कार्यक्रम गरेकोमा संस्थाका अध्यक्ष डा. पुष्करराज भट्ट तथा संस्थाका गतिविधिको प्रशंसा गरिन्। उनले संसार बदल्ने कार्य कर्मशील मानिसले मात्र गर्न सक्दछ भन्ने विचार राखिन्।
यस्तै, वरिष्ठ साहित्यकार तेजप्रकाश श्रेष्ठ, वरिष्ठ साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठ, प्रखर स्रष्टा सुभाषचन्द्र भण्डारी, राजलक्ष्मी चटौत अतिथिका रूपमा उपस्थित थिए। राष्ट्रका विशिष्ट प्रतिभाहरूको सहभागिता रहेको कार्यक्रममा संस्थाका कोषाध्यक्ष तिलकबहादुर सिंहले स्वागत मन्तव्य राखे भने साहित्यकार भुवन निस्तेजले कार्यक्रम सञ्चालन गरेका थिए।
सो कार्यक्रममा प्रा.डा. महादेव अवस्थी, प्रा.डा. कपिल लामिछाने, ध्रुव मधिकर्मी, गोपाल अश्क, नवराज रिजाल त्यस्तै गरी विशिष्ट अतिथि मनोहर लामिछाने, आर.डी. प्रभास चटौत, तारिणीदत्त चटौतले आफ्नो विचार व्यक्त गरेका थिए।
कार्यक्रममा सम्मानित स्रष्टाहरुले मन्तव्य राख्नुका साथै सुभाषचन्द्र भण्डारी, राजेन्द्र तारकिणी, सत्या अधिकारी, मन्दिरा चापागाईं, मनिषकुमार शर्माले कविता, लघुकथा लगायत रचना वाचन गरेका थिए।
आरडी प्रभास राजलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कारकाे राशी १५ हजार रहेकाे छ भने नेपाली वाङमय साधना सम्मान, पद्मा रामचन्द्र लघुकथा सम्मान, राधिका गोपालदत्त लघुकथा सम्मान र कर्मयोद्धा लघुकथा सम्मानकाे राशी १०/१० हजार रहेकाे छ।
सम्बन्धित समाचार
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


