रौतहटको सुधार केन्द्र भर्ना भएका व्यक्तिलाई शारीरिक यातना !
रौतहट । रौतहटको गौर नगरपालिका ४ स्थित राइजिङ नेपाल सुधार केन्द्रमा एक व्यक्तिमाथि अमानवीय रूपमा गरिएको कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले केन्द्रका संचालकसँग सोधपुछ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक कुमार रायका अनुसार वीरगञ्ज महानगरपालिका ८ निवासी तथा सुधार केन्द्रका संचालक सुरज गुप्तालाई बोलाएर सोधपुछ गरिनुका साथै घटना बारे प्रारम्भिक अनुसन्धान सुरु गरिएको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा सार्वजनिक भएको भिडियो करिब ८ महिना पुरानो भएको खुल्न आएको डीएसपी रायले जानकारी दिए । उनका अनुसार कुटपिटमा परेका युवक २०८१ साल मंसिर १५ गते सुधार केन्द्रबाट निस्किएको र हाल केन्द्रमा रहेका ८ जनासँग सोधपुछ गर्दा यस्ता घटना अहिले दोहोरिएको नभएको पुष्टि भएको छ ।
कुटपिट गर्ने व्यक्ति तत्कालीन कर्मचारी शिवु पाण्डे रहेको र हाल उनी सुधार केन्द्रमा नरहेको पाइएको छ । कुटपिटमा परेका व्यक्ति गौरका रितेशकुमार यादव रहेको पहिचान खुलेको छ भने उनलाई कुटपिट गर्नुका कारण हालसम्म नखुलेको प्रहरीले जनाएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोले सुधार केन्द्रमा भइरहेका गतिविधि बारे गम्भीर प्रश्न उठाएका छन् । प्रहरीले घटना बारे थप अनुसन्धान जारी राखेको जनाएको छ ।
सम्बन्धित समाचार
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

