Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

धनुषामा टिपरको ठक्करबाट एकको मृत्यु, तीन घाइते

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, बैशाख, २३
धनुषामा टिपरको ठक्करबाट एकको मृत्यु, तीन घाइते

धनुषा । धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका ६ स्थित सडकमा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

ना ८ ख ६५२७ नम्बरको टिपरले गए राति ठक्कर दिँदा सोही नगरपालिका ५ निवासी २१ वर्षीय समिर भन्ने योगकुमार बोगटी गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि जनकपुरस्थित न्यूरो अस्पताल लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । त्यस्तै, सोही दुर्घटनामा परी घाइते भएका अन्य तीन जनाको जनकी मेडिकल, बिरेन्द्र बजारमा उपचार भइरहेको जनाइएको छ ।

दुर्घटनापछि टिपर चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिए । प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स