रिहाना तेस्रो पटक आमा बन्दै, मेटा गालामा देखाइन ‘बेबी बम्प’
न्युयोर्क । प्रसिद्ध गायिका रिहानाले ‘मेट गाला २०२५’ मार्फत आफ्नो तेस्रो सन्तानको खबरले सबैलाई चकित पारेकी छिन्।
मे ५, २०२५ मा न्यूयोर्कमा आयोजित यस कार्यक्रममा रिहानाले आफ्नो पार्टनर एएपी रकीसँग रेड कार्पेटमा आफ्नो बेबी बम्प फ्ल्यान्ट गरे पछि सबै चकित भएका हुन ।
अहिले उनका तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । रिहानाको स्टाइलिश लुक र गर्भावस्थाको घोषणा प्रशंसकहरूको लागि ठूलो आश्चर्य थियो। मेट गालामा उनको लुक्स कस्तो थियो त, थाहा पाउनुहोस् ।
खासमा ३७ वर्षीया रिहानाले मेट गालामा ग्रे रंगको टु पीस आउट फिट लगाएकी थिइन्, जसमा उनको बेबी बम्प स्पष्ट देखिन्थ्यो। उनले यसलाई कालो ज्याकेट, फर चोरी, खैरो पम्प र कालो टोपीको साथ देखा परेकी थिइन । उनले पछि दुईवटा सूट ज्याकेटसहितको विशेष लुक देखाइन्, जसले उनको बेबी बम्पलाई थप हाइलाइट गर्यो। यो लुक मेट गालाको मेन थिम ‘सुपरफाइनः टेलरिङ ब्ल्याक स्टाइल’ सँग मिल्दोजुल्दो थियो, जसले कालो फेसन मनाउँछ।
खासमा रिहानाको यो शैली फेसन र मातृत्वको उत्कृष्ट मिश्रण थियो। मेट गाला सकिनु अघि नै फोटोग्राफर माइल्स डिग्सले रिहानाको तस्विर शेयर गरेका थिए, जसमा उनी बेबी बम्प लिएर उभिएकी थिइन् । यो तस्बिरलाई इन्टरनेटमा निकै मन पराइएको छ । रिहानाले यसअघि पनि ठूला कार्यक्रममा गर्भवती भएको घोषणा गरिसकेकी थिइन, जो उनले मेट गिलामा अहिले प्रदर्शन गरेकी हुन् । उनीहरूले २०२३ मा सुपर बाउल हाफटाइम शोको क्रममा आफ्नो दोस्रो बच्चाको खबर घोषणा गरेका थिए।
रिहाना र रकी २०२० देखि सँगै छन् र २०२१ को मेट गालामा पहिलो पटक जोडीको रूपमा देखिएका थिए। सामाजिक सञ्जालमा प्रशंसकहरू उनको लुक र गर्भावस्थाको खबरलाई लिएर उत्साहित छन्। मानिसहरूले कमेन्ट बक्समा बधाई दिइरहेका छन् र रिहानाको शैलीको तारिफसमेत गरिरहेका छन्।
रिहानाले फेरी आफू ‘फेसन क्वीन’ भएको प्रमाणित गरिन् । अब उनका फ्यानहरु उनले कहिले बच्चा जन्माउन्छिन भनेर प्रतिक्षामा बसेका छन् ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


