यामाहा जेन्युइन स्पेयर पार्टहरू अब दराजमा पनि उपलब्ध
काठमाडौं । यामाहा नेपालले ग्राहकमैत्री कदम चालेको छ । जसअनुसार अब यामाहा मोटरसाइकल र स्कुटरका लागि आवश्यक पर्ने जेन्युइन स्पेयर पार्ट्स नेपालकै लोकप्रिय अनलाइन सपिङ साइट दराजमा पाउन सकिन्छ ।
यसबाट देशभरका यामाहा सवारीधनीहरू जुनसुकै ठाउँबाट र जुनसुकै समयमा सहज रूपमा स्पेयर पार्टहरू खरिद गर्न सक्नेछन्। नेपालमा अनलाइन किनमेल क्रमशः बढ्दो क्रममा रहेका बेला यामाहाको यो नयाँ प्रयास निकै सान्दर्भिक रहेको छ।
ग्राहकहरूले अब शोरूममा गएर स्पेयर पार्ट्स खोज्नु नपर्ने र दराजमा गएर सजिलै स्पेयर पाट्र्सका लहरमा हेर्न र आफूलाई आवश्यक परेको पार्ट्स केही क्लिकमै अर्डर गर्न सकिने कम्पनीले जनाएको छ ।
यामाहा नेपालका अनुसार, दराजमा यामाहाका मोटरसाइकल र स्कुटरका लागि छुट्टै यामाहा जेन्युइन स्पेयर पार्टहरूको क्याटलग उपलब्ध छ। यी सबै पार्टहरू कम्पनीकै मापदण्डअनुसार गुणस्तर, पर्फर्मेन्स, टिकाउ र सुरक्षाको उच्च स्तर सुनिश्चित हुने गरी निर्माण गरिएका हुन्। यसले सवारीलाई राम्रो अवस्थामा राख्न सहयोग पुर्याउँछ।
सवारी साधनहरू लामो समय टिक्नको लागि जेन्युइन पार्टहरूको प्रयोग महत्त्वपूर्ण हुन्छ। सस्तो वा नक्कली पार्ट प्रयोग गर्दा समस्या आउने, नटिक्ने वा सवारीमै क्षति पुर्याउने सम्भावना बढी हुन्छ। अब दराजमा यामाहाका १००% असली स्पेयर पार्टहरू पाइने भएकाले ग्राहकहरू निश्चिन्त हुन सक्नेछन्।
दराजमार्फत देशभरि डेलिभरी सेवा पनि उपलब्ध छ। शहर बजारमा बस्ने हुन् वा दुर्गम गाउँमा बस्ने उपभोक्ता हुन्, जसलाई जहाँबाट पनि आवश्यक पार्टहरू सजिलै उपलब्ध हुनेछन्। तत्काल चेन्ज गर्नु पर्ने वा नियमित मर्मतसम्भार गर्नुपर्ने आकस्मिक आवश्यकताका बेलामा यो सेवा झन् उपयोगी हुनेछ।
पूरा प्रक्रिया सहज र प्रयोगकर्तामैत्री बनाइएको छ। कुन पार्ट चाहिएको हो खोज्ने, त्यस सम्बन्धि विवरण हेर्ने अनि अर्डर गर्ने सबै प्रक्रिया सरल छ। सुरक्षित अनलाइन भुक्तानी, अर्डर ट्र्याकिङ र समयमै डेलिभरीले गर्दा ग्राहकलाई आत्मविश्वासका साथ सेवा लिन सजिलो भएको छ। यसरी यामाहाले आफनो आफ्टर सेल्स सर्भिसलाई अझ छिटो, आधुनिक र भरपर्दो डिजिटल युगमा प्रवेश गराएको छ।
यामाहा नेपाल र दराजको सहकार्य ग्राहकहरूका लागि एकदम लाभदायक भएको छ। यसले मोटरसाइकल चलाउने अनुभवलाई अझ सजिलो र विश्वसनीय बनाएको छ। अब यामाहाका सवारीधनीहरूले विश्वसनीय, गुणस्तरीय र असली स्पेयर पार्टहरू औंलाको एक ट्यापमै पाउन सक्नेछन्।
सम्बन्धित समाचार
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
सिप्रदी ट्रेडिङद्वारा टाटा बि एस सिक्स बस च्यासिस सार्वजनिक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


