रोनाल्डोको अल नासर ९-०ले बिजयी
जानकारी केन्द्र
२०८२, बैशाख, ३०
काठमाडौं । अल नासरले साउदी प्रो लिग अन्तर्गत अहिलेसम्मकै फराकिलो जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेल अल अखडोउडविरुद्ध ९–० को फराकिलो जित हासिल गरेको हो ।
क्रिस्टियानो रोनाल्डो नखेलेको यस खेलमा साडियो मानेले मात्रै ४ गोल गरेका थिए । त्यस्तै, जोन डुरानले २ गोल गरे भने आयमान याहा र मोहमद मरानले एक एक गोल गरेका थिए ।
त्यस्तै यस खेलमा खेलको ४७औं मिनेटमा पाउलो भिटोरले रातो कार्ड पाएपछि अल अखडोउड १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि अल नासर लिगमा तेस्रो स्थानमा उक्लिएको छ । अल नासरको ३१ खेलमा ६३ अंक भएको छ । त्यसैगरी अल अखडोउडको भने ३१ खेलमा २८ अंक रहेको छ र लिगमा १७औं स्थानमा रहेको छ । अब अल नासरले यस सिजनका तीन खेल खेल्न बाँकी रहेको छ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


