१४ अंककले घट्यो नेप्से
जानकारी केन्द्र
२०८२, जेष्ठ, १
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४ अंकले घटेको छ । नेप्से १३.९६ अंककले घटेर २६२०.२७ विन्दुमा पुगेको हो । नेप्सेसँगै कारोबार पनि घटेको छ । आज ८ अर्ब ७३ करोड ६५ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख ९६ हजार १३८ कित्ता शेयर कारोबार भएको छ ।
६२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एक वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३१५ वटा कम्पनी कारोबारमा आउँदा १ लाख १२ हजार ५७७ पटक शेयर किनबेच भएको छ ।
यस्तै १३ वटा समूह मध्ये २ समूह बढेको छ भने बाँकी ११ वटा समूह घटेको छ । आज विकास बैंक समूह १.१९ प्रतिशतले र अन्य समूह २.४६ प्रतिशतले बढेको छ ।
आज सबैभन्दा बढी हाइड्रोपावर समूह १.९६ प्रतिशतले घटेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.१९ प्रतिशतले घटेको छ ।
सम्बन्धित समाचार
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

