Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

सप्तरीमा चट्याङ लागेर एक बालिकाको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, जेष्ठ, ४
सप्तरीमा चट्याङ लागेर एक बालिकाको मृत्यु

सप्तरी । चट्याङ लागेर सप्तरीमा एक जना बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भारत उत्तरप्रदेश जिल्ला सामली केरना-८१ घर भई हाल सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-१४ बस्ने सात वर्षीया जेनव खातुन रहेकी छिन्।

शनिबार बिहान साढे ५ बजे चट्याङ लागेर गम्भीर घाइते भएकी उनको छिन्नमस्ता अस्पतालमा पुर्‍याउँदा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

चट्याङ लागेर अर्का सात वर्षीय बालक जुविर खान घाइते रहेका छन्। मृतक र घाइतेका बुवाआमा सप्तकोशी नदीको बगरमा अस्थायी टहरा हालेर बसिरहेका थिए।

घाइते बालको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स