प्रभु बैंकसँग इला होटल्स र कालिका केबलकारको छुट सम्झौता
जानकारी केन्द्र
२०८२, जेष्ठ, ७
काठमाडौं । प्रभु बैंक लिमिटेड, इला होटल्स एण्ड रिसोर्ट्स र कालिका केबलकार लिमिटेडबीच छुट सुविधा सम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले इला होटल्स र कालिका केबलकारका विभिन्न सेवामा विशेष छुट सुविधा प्राप्त गर्ने भएका छन्।
सहमति अनुसार, बैंकका ग्राहक तथा कर्मचारीहरूले खानपिन सेवामा १० प्रतिशत, केबलकार टिकटमा २० प्रतिशत र आवास सेवामा १० प्रतिशत छुट पाउनेछन्। साथै, केबलकार यात्रा निःशुल्क गरिने पनि उल्लेख गरिएको छ।
सम्झौतापत्रमा प्रभु बैंककी प्रमुख प्रदेश अधिकृत सांग्रिला श्रेष्ठ र इला होटल्स तथा कालिका केबलकारका महाप्रबन्धक अर्बिन केसीले हस्ताक्षर गरेका हुन्। बैंकले यो सहकार्यले ग्राहक र कर्मचारीहरूलाई थप सहज, गुणस्तरीय सेवा र फरक अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
हायर पर्चेज कर्जाको ब्याजदरमा राष्ट्र बैंकको कडाइ
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


