जेठ ७ देखि टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला भृकुटीमण्डपमा आयोजना हुँदै
काठमाडौं । नेपालमा टीभीएसको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज एन्ड फाइनान्स मेला’ आयोजना गर्न लागेकाे छ ।
आगामी जेठ ७ देखि १२ गतेसम्म काठमाडौंकाे भृकुटीमण्डपमा साे मेला आयोजना हुनेछ । यो विशेष अवसरमा ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टीभीएस सवारी घर लैजान सक्नेछन् ।
मेला सुरु हुनु अगावै, जेठ ६ गतेसम्म नयाँ टीभीएस सवारीको प्रि-बुकिङ गर्ने ग्राहकले ५ हजार रुपैयाँ बराबरको उपहार प्राप्त गर्नेछन् । यो सीमित अवधिको अफरले इच्छुक ग्राहकलाई अझ लाभदायक बनाउनेछ ।
मेला अवधिभर ग्राहकहरूले पुरानो सवारीको न्यूनतम मूल्याङ्कन ३० हजार रुपैयाँ सम्मको सुनिश्चित प्राप्त गर्नेछन् । ५० भन्दा बढी रिकन्डिसन हाउसहरूको सहभागितासहित, मेलामा सबैभन्दा उच्च मूल्याङ्कनको विश्वस्तता दिइनेछ । त्यसका साथै, ग्राहकहरूले ८ हजार सम्मको नगद छुट, १० हजार रुपैयाँसम्मको थप मूल्याङ्कन पाउनेछन् र शून्य प्रतिशत ब्याजदरमा सवारी किन्ने सुविधा पनि उपलब्ध हुनेछ (नियम तथा सर्त लागु हुने)। नयाँ सवारी खरिद गर्ने प्रत्येक ग्राहकले हेल्मेट, झोला, बाइक कभर, र रेनकोट नि:शुल्क उपहारस्वरूप प्राप्त गर्नेछन् ।
मेलामा अफरहरू मात्र होइन, रमाइलो अनुभव पनि सुनिश्चित गरिएको छ । आगन्तुकहरूले लाइभ ब्यान्डको प्रस्तुति, स्टन्ट शो, टेस्ट राइड, विभिन्न खेलहरू, एसी हल, सौन्दर्य ब्रान्डहरूको प्रदर्शनी, स्वादिलो खानेकुरा र बालबालिकाका लागि विशेष क्षेत्रको मजा लिन सक्नेछन्।
मेलाले सम्पूर्ण परिवारलाई लक्षित गर्दै रमाइलो वातावरण सहित सम्पूर्ण मनोरञ्जन प्रदान गर्ने बताइएको छ । सबै दुई पाङ्ग्रे सवारी प्रेमीहरू र सम्भावित ग्राहकहरूलाई भृकुटीमण्डपमा जेठ ७ देखि १२ सम्म उपस्थित भएर टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज एन्ड फाइनान्स मेलामा सहभागी हुन कम्पनीले अनुराेध गरेको छ ।
सम्बन्धित समाचार
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
सिप्रदी ट्रेडिङद्वारा टाटा बि एस सिक्स बस च्यासिस सार्वजनिक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


