स्थानिय सरकार माथी ९ ट्रिलियन ऋण, सरकारी खर्च कटौती गर्न चीन सरकारकाे निर्देशन
बेइजिङ । चीन सरकारले मदिरा र चुरोटमा हुने खर्च घटाउन आफ्ना अधिकारीहरूलाई निर्देशन दिएको छ ।
यसका साथै यात्रा, खाना र कार्यालय स्थलमा हुने खर्च कटौती गर्न पनि भनिएको छ । राष्ट्रपति सी जिनपिङ र कम्युनिष्ट पार्टीले सरकारी खर्च घटाउन यो निर्णय गरेको हो । महँगो खाना, रक्सी र चुरोट अब चीनमा कार्यालयहरूमा सेवा दिइने छैन। कार्यक्रममा कुनै भव्य फूल सजावट पनि अब हुने छैनन् ।
चीनको सिन्ह्वा समाचार एजेन्सीका अनुसार चीनको कम्युनिष्ट सरकारले अधिकारीहरूमा हुने खर्चमा कडाई र बचत गर्न निर्देशन गरेको छ। जसमा सरकारी श्रोतको सदुपयोग गर्न र अनावश्यक खर्च रोक्न अधिकारीहरुलाई आग्रह गरिएको छ । सरकारले अनावश्यक खर्चलाई लाजमर्दो र बचतलाई सम्मानजनक भनेको छ । हाल सालै चीनमा जग्गा बिक्रीबाट हुने नाफा घटेको छ भने स्थानीय सरकारहरूले ठूलो ऋणमा परेका छन ।
ब्लूमबर्गको रिपोर्टका अनुसार चीनका स्थानीय सरकारहरूको करिब ९ ट्रिलियन अमेरिकी डलर ऋणको भारी रहेको छ। यसअघि सन् २०२३ मा राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार र अधिकारीहरूको आसन विरुद्ध अभियान सुरु गरेका थिए। जसमा सरकारले कर्मचारीलाई खर्च कटौती गर्ने बानी विकास गर्न निर्देशन दिएको थियो ।
ब्लूमबर्गका अनुसार २०२४ मा बेइजिङले स्थानीय सरकारहरूको ऋणसँग सम्बन्धित जोखिमहरू कम गर्न अभियान सुरु गरेको थियो। जसले गर्दा पूर्व निर्धारित जोखिम कम हुन्छ र स्थानीय सरकारहरूले आर्थिक विकासमा मद्दत गर्न सक्छन् भन्ने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


