थाइल्यान्डमा खुल्यो दुई लाख उत्पादन क्षमता भएको चांगानको ईभी प्लान्ट : चांगानको कुल उत्पादन दुई करोड ८६ हजार युनिट
काठमाडौं । चीनको पहिलो कार निर्माता ग्रुप चांगान अटोमोबाइलले थाइल्यान्डको रायोंगमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय न्यु इनर्जी भेहिकल (एनईभी) प्लान्टबाट औपचारिक रुपमा कार निर्माण सुरु गरेको छ ।
आफ्नो महत्वपूर्ण नीति ‘भास्ट ओसियन प्लान’ अन्तर्गतको यो महत्वपूर्ण कोशेढुंगाले चांगानको अबको प्राथमिकता चिनियाँ भूमिबाट कार निर्यात नभई देशबाहिरै पूर्ण रुपको ‘इन्डस्ट्रियल इकोसिस्टम’ निर्माण गर्न अग्रसर भएको देखाउँछ । रायोंग प्लान्टमा अत्याधुनिक उत्पादन, रिसर्च एन्ड डेभलपमेन्ट र दीर्घकालिन सप्लाई चेन रहेको छ जहाँबाट चांगानको ग्रिन र स्मार्ट कारको उत्पादनमात्र नभई विश्वव्यापी अपरेसन पनि हुनेछ ।
चांगानको पहिलो अन्तर्राष्ट्रिय इभी हबमा उत्पादन भएका कारको विक्रीवितरण दक्षिणपूर्व एसिया, मध्यपूर्व र अफ्रिका, मध्य र दक्षिण अमेरिका र युराएसिया बजारमा हुनेछ । यो प्लान्टको क्षमता हाललाई वार्षिक एक लाख युनिट रहेको छ भने सन् २०२७ सम्ममा वार्षिक दुई लाख युनिट पुर्याइनेछ ।

सन् २०२३ मा थाइल्यान्डमा चांगान ब्रान्ड सार्वजनिक भएपछि हालसम्म १४ हजार युनिट विक्री भइसकेको जनाइएको छ । राइट ह्यान्ड ड्राइभ दिपल एस०५ रोल आउट गर्दै चांगानको नयाँ प्लान्टको उद्घाटन भएको हो । यो मोडल केही समयमै नेपालमा सार्वजनिक हुँदैछ । योसँगै चांगानको कुल उत्पादन दुई करोड ८५ लाख ९० हजार युनिट पुगेको छ ।
तीन लाख ९२ हजार वर्ग मिटरमा फैलिएको रायोंग प्लान्टमा वेल्डिंग, पेन्टिंग, एसेम्ब्ली, इन्जिन र ब्याट्री प्रडक्सन गरी पाँच वर्कसप रहेका छन् । यसको वातावरणमैत्री डिजाइनले डे–लाइट, सौर्य उर्जा र पानीको पुनःप्रयोग गर्छ । अत्याधुनिक अटोमेसन र एडाप्टिभ सिस्टमले विश्व बजारको माग अनुसारको उच्च गुणस्तरको उत्पादन प्रत्याभुत गर्ने कम्पनीको भनाई छ । यो प्लान्टबाट चांगान, दिपल र अवतार ब्रान्डका इभी उत्पादन हुनेछ ।
चांगानको विश्व नीति हालको ट्रेन्डहरु दीर्घकालिनता (सस्टेनेबिलिटी) र स्थानीयकरण (लोकलाइजेसन)मा आधारित छ । दुई वर्षअघि थाइल्यान्डमा सार्वजनिक भएपछि चांगानले निकै लोकप्रिय दिपल एस०७ र अवतार११ समेत गरी सात वटा मोडल लन्च गरिसकेको छ ।
चांगानका अध्यक्ष जु हुरोंगले विश्व चुनौतीका बाबजुत स्थानीय इकोसिस्टम बनाउनेमा प्लान्टको महत्वपूर्ण भूमिका हुने बताए । रायोंग प्लान्टले चांगानको अन्तर्राष्ट्रिय ‘न्यु इनर्जी भेहिकल हब’को काम गर्नेछ । थाई समन्वय र चिनियाँ विशेषज्ञताको सम्मीश्रणमार्फत चांगानले आर्थिक वृद्धि र विश्व अटो बजारलाई अघि बढाउने लक्ष्य लिएको बताइएको छ ।

सम्बन्धित समाचार
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
सिप्रदी ट्रेडिङद्वारा टाटा बि एस सिक्स बस च्यासिस सार्वजनिक
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


