Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

अमेरिकाकाे नागरिकता त्याग्ने क्रम बढदाे, यो बर्ष २० प्रतिशतले बृद्दी हुने प्रक्षेपण

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, जेष्ठ, १२
अमेरिकाकाे नागरिकता त्याग्ने क्रम बढदाे, यो बर्ष २० प्रतिशतले बृद्दी हुने प्रक्षेपण

वासिंगटन डिसी । अमेरिकामा डोनाल्ड ट्रम्प फेरि फर्किए पछि धेरै समस्या हुन थालेको छ ।

अचम्मको कुरा के छ भने ट्रम्पलाई जिताउने अमेरिकी नागरिकहरु अहिले ठूलो संख्यामा आफ्नो देश त्यागेर अर्को देशमा बसाई सराई गरिरहेका छन् ।

वास्तवमा ट्रम्प दोस्रो कार्याकालका लागि फर्किएसँगै देशको राजनीतिक अवस्था यति धेरै परिवर्तन भएको छ कि अहिले रेकर्ड संख्यामा अमेरिकी नागरिकहरू मुख्यतयाः बेलायती नागरिकता पाउने दौडमा लागिरहेका छन् । यो संख्या पछिल्लो २१ वर्षमा सबैभन्दा धेरै हो र यति मात्र होइन हजारौं अमेरिकीले आफ्नो अमेरिकी नागरिकतासमेत त्यागिरहेका छन् ।

बेलायतको गृह कार्यालयको पछिल्लो तथ्याङ्कले सन् २०२५ को जनवरीदेखि मार्चसम्म १ हजार ९३१ अमेरिकीहरूले बेलायती नागरिकताका लागि आवेदन दिएको देखाएको छ। जो सन २००४ यताकै उच्च संख्या हो। यो संख्या पछिल्लो तीन महिनाको तुलनामा १२ प्रतिशत बढी हो।

यस्तो भएको यो पहिलो पटक भने होइन । ट्रम्प पहिलो पटक राष्ट्रपति बनेपछि र कोभिड–१९ ले कहर मचाउँदै आएका बेला पनि अमेरिकी नागरिकहरूले देश छाड्ने प्रवृत्ति बढेको थियो । सन् २०२० को पहिलो ६ महिनामा ५ हजार ८ सयभन्दा बढीले अमेरिकीले अमेरिकाको नागरिकता त्यागेका थिए, जुन सन् २०१९ मा तीन गुणा बढी थियो ।

जनता राजनीतिले मात्र होइन, कर प्रणाली, स्वास्थ्य सुविधाको अवस्था र सामाजिक परिवेशबाट पनि यतिखेर अमेरिकीहरू चिन्तित बनिरहेका छन् । क्याम्ब्रिज एकाउन्टेन्ट्स एक लेखा फर्मका अनुसार यी व्यक्तिहरू हुन्, जो अमेरिका छोडेर क्यानडा, अष्ट्रेलिया वा युरोपका अन्य कुनै देशमा  स्थायी रूपमा अन्यत्र सर्न चाहन्छन्।

विशेष गरी बेलायतमा बस्नका लागि स्थिति खोज्ने अमेरिकीहरूको संख्या २०२५ मा ५५०० भन्दा बढी हुने अनुमान गरिएको छ, जुन गत वर्षको तुलनामा २० प्रतिशत बढी हो।

एकातिर अमेरिकीहरू युरोपतिर फर्किरहेका छन् भने अर्कोतिर युरोपेली देशहरूले पनि कडा कारबाही गर्न सुरू गर्न थालेका छन् । बेलायती प्रधानमन्त्री केयर स्टाररले गत हप्ता नयाँ आप्रवासीका लागि नागरिकता सम्बन्धी नियमलाई कडा बनाउने घोषणा गरेका थिए। इटालीले पनि नयाँ कानून पारित गरेको छ, जसका कारण अब पुर्खाको आधारमा नागरिकता बन्द हुने भएको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स