Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

राष्ट्र बैंकले ३० अर्बको तरलता व्यवस्थापन गर्दै, बैंक तथा वित्तीय संस्थासँग माग्यो योजना

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, जेष्ठ, १२
राष्ट्र बैंकले ३० अर्बको तरलता व्यवस्थापन गर्दै, बैंक तथा वित्तीय संस्थासँग माग्यो योजना

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आइतबार ३० अर्ब रुपैयाँ बराबरको तरलता संकलन गर्न लागेको छ। केन्द्रीय बैंकले आज दिउँसो ३ बजे बोलकबोल प्रक्रियामार्फत सो रकम बैंक तथा वित्तीय संस्थाबाट संकलन गर्ने जनाएको छ।

राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको गुणफलमा बोलकबोल गर्न सक्नेछन्। संकलित निक्षेपको साँवा तथा ब्याज आगामी १ असारमा भुक्तानी गरिनेछ।

बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गमा पर्ने बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन्। यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

राष्ट्र बैंकले पछिल्लो समय तरलता व्यवस्थापनका लागि नियमित रूपमा यस्तो निक्षेप संकलनको प्रक्रिया अपनाउँदै आएको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स