एलिना चौहानको म त एक्लै ज्यूँछु बरु बजारमा
काठमाडौं । गीतकार नमिता दवाडीको म त एक्लै ज्यूँछु बरु बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गायिका एलिना चौहानको स्वरमा रहेको गीतमा ज्ञानेन्द्र गिरीको कम्पोज, विशाल निरौलाको एरेन्ज, नरेश बिबिसीको मिक्सिङ तथा मास्टरिङ रहेको छ।
प्रेम वियोगमा रहेकी युवतीको प्रेम गाथा बोल्ने म त एक्लै ज्यूँछु बरुमा एलिना गज्जबसँग खुलेकी छन्। आँफूलाई भन्दा बढी माया गरेको मान्छेले रुवाएर दुनियालाको अघि हाँसोको पात्र बनाएपछि प्रेम वियोगमा परेकी युवतीले एक्लै जिउने चाहाना राखेको विषयलाई निर्देशक आयुष क्षेत्री प्रिन्सले कलात्मक शैलीमा प्रस्तुत गरेका छन्।
भिडियोमा गायिका एलिना चौहानकै अभिनय देख्न सकिन्छ। सुबिन गोदारको छायांकन रहेको भिडियोको सम्पादन तथा कलर कल्पेश विश्वकर्माले गरेका हुन्।
गीतको चर्चासँगै टिकटक र रिल्स पनि उल्लेख्य बनिरहेको गीतकार दवाडीले बताइन्। नेपाली गीत संगीत र साहित्यको क्षेत्रमा सक्रिय गीतकार दवाडीले परवासमा रहेर पनि लेखनको क्षेत्रमा कृयाशिलता देखाइरहेकी छन्।
उनका पारालिङ्गीहरूमा समर्पित परिचय, मलाई बाँच्न सिकायौं जस्ता गीत चर्चामा छन्। सार्वजनिक गीतको निर्माताका रुपमा निमिसा दवाडी रहेकी छन्।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


