नेपाल फेशन एण्ड इन्टरटेन्मेन्ट इन्टरनेशनल अवार्डको चौथो संस्करण जापानमा सम्पन्न
टोकियो । नेपाल फेशन एण्ड इन्टरटेन्मेन्ट इन्टरनेशनल अवार्डको चौथो संस्करण यसै साता जापानको राजधानी टोकियोमा सम्पन्न भएको छ। हिमालयन मुभिज प्रोडक्सन हाउस काठमाडौंको आयोजनामा सन् २०२५ को संस्करण स्वरुप फेसन तथा मनोरन्जन एवं सामाजिक क्षेत्रका व्यक्तित्वहरुको योगदानको कदर स्वरुप अवार्ड कार्यक्रम गरिएको हो।
नेपाली मनोरञ्जन, फेसन, सौन्दर्य प्रतियोगिता आदि क्षेत्रका व्यक्तिहरु सम्मिलित सो कार्यक्रममा करिब डेढ दर्जन व्यक्तित्वहरुलाई अवार्ड प्रदान गरिएको थियो।
एनआरएनए जपानका अध्यक्ष नविन न्युरेको विशेष आतिथ्यमा सम्पन्न सो कार्यक्रममा नेप्लिज विजनेश एशोसिएसन जापानका अध्यक्ष बिजेश थकालीको विषेश आतिथ्यता रहेको थियो भने व्यवसायी मनिस मगर एवं सुरेन्द्र खड्काको विशेष आतिथ्य रहेको थियो। कार्यक्रममा आकर्षक फेसन सो समेत राखिएको थियो जसमा मोडलहरुले फ्युजन स्वरुपको पहिरनमा स्टेज नापेका थिए।

सम्पूर्ण कार्यक्रमको कोरियोग्राफि चर्चित फेसन कोरियोग्राफर एवं हिमालयन मुभिजकी सीइओ हिमानी सुब्बाले गरेकी थिइन् भने, कार्यक्रमको मध्यान्तरमा सोज टपरको रुपमा सुब्बा आफैं आकर्षक पहिरनमा प्रस्तुत भएकी थिइन्। सम्पूर्ण कार्यक्रम सम्प्रेषण जापानकै फोटोग्राफर गणेश थापा मगरले गरेका थिए।
अवार्ड कार्यक्रममा विशेष सम्मान अवार्ड स्वरुप एनआरएनए जापान अध्यक्ष नविन न्युरेलाई बेस्ट नेप्लिज सोसियल क्याम्पेनर, नेप्लिज बिजनेश एशोसिएसन जापानका अध्यक्ष बिजेश थकालीलाई बेस्ट सोसियल वेलफेयर एयाक्टिभिस्ट, ब्यवसायी मनिस मगरलाई बेस्ट नेप्लिज फरेन आन्टरप्रेनियर तथा फोटोग्राफर गणेश थापा मगरलाई बेस्ट नेप्लिज फरेन फोटोग्राफरको अवार्ड प्रदान गरिएको थियो। कार्यक्रममा सौन्दर्य प्रतियोगिता, ब्यूटिसियन, फेसन डिजाइनर, फेसन मोडलिङ एवं मनोरञ्जन क्षेत्रका व्यक्तित्वहरुलाई अवार्ड प्रदान गरिएको थियो।
स्वदेश तथा बिदेशमा रहेर नेपाली समाजलाई मनोरञ्जन तथा समाज रुपान्तरणको क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई बर्षेनी प्रदान गरिने सो अवार्ड कार्यक्रमले निकै नै हौसला प्रदान गरेको कुरा आयोजक संस्थाकी सीइओ तथा फेसन कोरियोग्राफर हिमानी सुब्बाले जानकारी दिइन्। कार्यक्रम सञ्चालन इभेन्ट म्यानेजर कोमलनाथ खतिवडाले गरेका थिए।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

