नयाँ बीएमडब्लू आइएक्स२ इलेक्ट्रिक एसयूभी, अब नेपालमा
काठमाडौं । नेपालमा बीएमडब्लू गाडीको एकमात्र आधिकारिक आयातकर्ता तथा डिलर लक्ष्मी प्रिमियम मोटर्सले नयाँ बीएमडब्लू आईएक्सटू एसयूभी (स्पोर्ट्स एक्टिभिटी भेहिकल) भित्र्याएको छ। आकर्षक डिजाइन र स्मार्ट सिस्टमको संयोजन रहेको यस मोडलले नयाँ प्रविधि र दिगोपन रोज्ने ग्राहकहरुलाई उत्कृष्ट विकल्प प्रदान गर्ने कम्पनीले बताएको छ।
बीएमडब्लूले आफ्नो इलेक्ट्रिक लाइनअप विस्तार गर्दै बीएमडब्लू आईएक्सटू ई–ड्राइभ–२० सार्वजनिक गरेको हो। यस गाडीले अधिकतम १५० किलोवाटर२०४ एचपी (अस्थायी बुस्टसहित) पावर उत्पादन गर्छ भने यसको रेन्ज ४३० देखि ४७५ किलोमिटरसम्म (डब्लूएलटीपी प्रारम्भिक अनुमान अनुसार) रहेको छ।
कम ऊर्जा खपत (प्रति १०० किमी १७.२ देखि १५.४ किलोवाट आवर) र शून्य उत्सर्जन भएको यो गाडीले प्रिमियम कम्प्याक्ट एसएभी सेग्मेन्टमा उत्कृष्ट रोजाइ प्रदान गर्ने कम्पनीले जनाएको छ।
सन्तुलित पावर र शून्य उत्सर्जन
कम्पनीका अनुसार अन्य बीएमडब्लू इलेक्ट्रिक गाडीहरूजस्तै नयाँ बीएमडब्लू आईएक्सटूमा पनि पाँचौँ पुस्ताको बीएमडब्लू ई–ड्राइभ प्रविधि प्रयोग गरिएको छ। यसले २५० एनएम टर्क उत्पादन गर्छ र ८.६ सेकेन्डमा ० देखि १०० किमीरघण्टाको गतिमा पुग्न सक्छ। यसको अधिकतम गति १७० किमीरघण्टा रहेको छ।
ब्याट्रीको स्थान र तौल सन्तुलनलाई ध्यानमा राखी गाडीको फ्लोरमा राखिएको हाई–भोल्टेज ब्याट्रीले ६६.५ किलोवाट आवर ऊर्जा प्रदान गर्दछ। यसमा रहेको आधुनिक मोटरले कम ऊर्जा खपत गरी अन्य गाडीहरूभन्दा धेरै दूरीसम्म चल्न सक्षम बनाउँछ।
बीएमडब्लू आईएक्सटूमा चार्जिङको लागि प्रशस्त विकल्पहरु रहेका छन्। यसमा रहेको कम्बाइन्ड चार्जिङ युनिटले १९ किलोवाटसम्मको एसी चार्जिङ सपोर्ट गर्दछ। छिटो चार्जिङको लागि १३० किलोवाटसम्मको डीसी चार्जिङ पनि उपलब्ध छ। स्मार्ट ‘थर्मल प्रि–कन्डिसनिङ’ र एडभान्स्ड चार्जिङ सफ्टवेयरले चार्जिङ स्पिड र ब्याट्रीको आयु दुवैलाई लामो समयसम्म कायम राख्छ।
बीएमडब्लू आईएक्सटूमा लक्जरी इन्टेरियर फिचरहरू समावेश छन्, जस्तै मोका रडको भर्नास्का लेदर सिट, प्यानोरामिक ग्लास रूफ, २–जोन अटोमेटिक एसी, र १२–स्पिकरको हरमन कार्डन साउन्ड सिस्टम।
डाइनामिक ब्रेक कन्ट्रोल र अटो होल्डसहित अत्याधुनिक सुरक्षा प्रणाली
बीएमडब्लू आईएक्सटू को सुरक्षा र सहायक प्रणालीहरू पनि अत्याधुनिक छन्। सुरक्षित यात्राका लागि यसमा सवारी चालक र यात्रुका लागि एयरब्याग, डाइनामिक ब्रेक कन्ट्रोल (डीबीसी), अटो होल्ड फड्सनसहितको इलेक्ट्रोमेकानिकल पार्किङ ब्रेक र इन्टेग्रेटेड ब्रेकिङ सिस्टम राखिएको छ। साथै ड्राइभ(अफ असिस्टेन्ट र अटेन्टिभनेस असिस्टेन्टले सहरको ट्राफिक र लामो यात्रा दुवैलाई सुरक्षित, सहज र तनाव रहित बनाउँछ।
काठमाडौं, तीनकुनेमा रहेको आफ्नो अत्याधुनिक शो-रूमबाट लक्ष्मी प्रिमियम मोटर्सले हाल बीएमडब्लू एक्स१, एक्स२, एक्स३, एक्स४, एक्स७, आईएक्स१ (ब्याट्री इलेक्ट्रिक), आईएक्स३ (ब्याट्री इलेक्ट्रिक), फाइभ सिरिज (प्लग–इन हाइब्रिड), एक्स५ (प्लग–इन हाइब्रिड) र सेभेन सिरिजजस्ता मोडलहरू उपलब्ध गराइरहेको बताइएको छ।
नयाँ बीएमडब्लू आईएक्सटूको आगमनसँगै नेपालमा प्रिमियम इलेक्ट्रिक गाडीको क्षेत्रमा बीएमडब्लूले आफ्नो उपस्थिति अझ बलियो बनाउनुका साथै डिजाइन, प्रविधि र वातावरणीय जिम्मेवारीको नयाँ उदाहरण प्रस्तुत गरेको कम्पनीको दाबी रहेको छ।
सम्बन्धित समाचार
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
सिप्रदी ट्रेडिङद्वारा टाटा बि एस सिक्स बस च्यासिस सार्वजनिक
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


