नेपाल मोबिलिटी एक्सपो २०२५ को स्टल बाँडफाँड सम्पन्न
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले नेपाल मोबिलिटी एक्सपो २०२५ का लागि स्टल बाँडफाँड सम्पन्न गरेको छ । साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एक्सपोमा सहभागी ब्रान्डलाई स्टल बाँडफाँड गरिएको बताइएको छ ।
एक्सपोमा ४ पाङ्ग्रे, २ पाङ्ग्रे र कमर्सियल गरी कुल ५० ब्रान्ड सहभागी हुने बताइएको छ । यी ब्रान्डका लागी ४८ वटा स्टल तोकिएकोमा २१ वटा ४ पाङ्ग्रे सवारी ब्रान्ड, १८ वटा २ पाङ्ग्रे सवारी ब्रान्ड र ९ वटा व्यावसायिक सवारी साधन ब्रान्ड रहनेछन् ।

‘नेपालको अटोमोबाइल उद्योगका प्रमुख ब्रान्डहरूको सक्रिय सहभागिता अत्यन्त उत्साहजनक छ । सम्पूर्ण स्टलहरू बुक भइसकेका छन् र अब हामी सफल कार्यान्वयनमा केन्द्रित भएका छौं’ नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले भनिन् ।
वैद्यका अनुसार, नेपालमा मोबिलिटी क्षेत्रको दिगो विकासका लागि नीति निर्माणदेखि अन्तर्राष्ट्रिय तहसम्म सक्रिय पैरवी गर्दै आएको छ । एक्सपोले परम्परागत प्रदर्शनीको ढाँचामा नवीनता थप्ने र व्यवसायीहरूलाई आफ्नो सवारीसाधनको सोकेस आकर्षक तवरले गर्न पाउने अवसर प्रदान गरेको छ । प्रदर्शनीको समग्र व्यवस्थापन मिडिया स्पेस सोलुसन प्रालिले गर्नेछ ।

एक्सपोमा ४ पाङ्ग्रे सवारी ब्रान्डहरूतर्फ बीवाइडी, सिट्रोनन, फोर्थिङ, ग्रेट वाल मोटर्स, हेनरी भोल्ट्स, हुन्डाई, केयी, किया, लीपमोटर, एलइभी १, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुबिशी, निसान, ओमोडा÷जेको, प्यूजो, प्रोटोन, रेनो, टोयोटा, फक्सवागन तथा जीकर सहभागी हुने छन् ।
यस्तै, दुई पाङ्ग्रेतर्फ एम्पियर, एथर, बजाज, बेनेली, सिएफमोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआईयू, रिभोल्ट, रोयल इनफिल्ड, सेगवे–नाइनबोट, सुजुकी, ट्रायम्फ, टीभीएस, अल्ट्राभायोलेट, याडिया, जिहोलगायत ब्राण्ड सहभागी हुनेछन् भने कमर्सियल भेइकलतर्फ चेरी वान्डा, डोङफेङ, फ्यारीजोन, हाउजी, कामा, क्यारी, किङलङ तथा सनलङ सहभागी हुने बताइएको छ ।

नाइमाले सहभागी सम्पूर्ण ब्रान्डप्रति आभार व्यक्त गर्दै, आम सर्वसाधारणलाई एक्सपोमा सहभागी भई आगामी मोबिलिटी प्रविधिबारे जानकारी लिन सबैलाई आवहान गरेको छ ।

सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
सिप्रदी ट्रेडिङद्वारा टाटा बि एस सिक्स बस च्यासिस सार्वजनिक
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


