इन्भेष्टमेन्ट मेगा बैंक र इन्जिनियर्स एसोसिएसनबीच विशेष छुट सम्झौता
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए) बिच व्यावसायिक सम्झौता भएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए) बिच विस्तारित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्य राखी सो सम्झौता भएको हो।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र इन्जिनियर्स एसोसिएसनका तर्फबाट अध्यक्ष सुभाषचन्द्र बरालले हस्ताक्षर गरेका हुन्। दुवैको हस्ताक्षरसँगै व्यावसायिक सेवा आरम्भ गरिएको छ।
यस सम्झौतामार्फत एसोसिएसनका सम्पूर्ण सदस्यहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गरिएको छ। बैंकका २ सय ७५ शाखामार्फत बचत खाता खोली १० लाखको दुर्घटना बीमा सुविधा सहित अन्य व्यावसायिक कर्जा, स्टार्टअप कर्जा, क्लिन सोसल कर्जा र डेबिटरक्रेडिट काडर्, मोबाइल बैकिङमा विशेष छुटको व्यवस्था रहेको बैंक सीईओ पाण्डेले जानकारी दिए ।
सम्झौताबाट इन्जिनियर्स एसोसिएसनका सदस्यहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने बैंकको विश्वास छ ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
हायर पर्चेज कर्जाको ब्याजदरमा राष्ट्र बैंकको कडाइ
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


