१२ विकास बैंकले नाफा कमाउँदा ५ बैंक घाटामा
काठमाडौं । जेठ ३१ चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनाका अवधिमा विकास बैंकहरुले साढे ३ अर्ब नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार १० महिनासम्ममा विकास बैंकले समग्रमा ३ अर्ब ५८ करोड ७८ लाख रुपैयाँ नाफा कमाएका हुन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ५।४० प्रतिशत कम हो । गत आवको १० महिनासम्ममा विकास बैंकहरुले ३ अर्ब ७९ करोड २५ लाख रुपैयाँ नाफा कमाएका थिए ।
सो अवधिसम्म आइपुग्दा ५ वटा विकास बैंक घाटामा देखिएका छन् भने १२ बैंक नाफामा देखिएका छन् । घाटा ब्यहोर्ने बैंकहरुमा कर्णाली डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सालपा विकास बैंक रहेका छन् ।
उक्त ५ बैंकहरुले मात्रै सो अवधिसम्म १ अर्ब ७८ लाख रुपैयाँ घाटा ब्यहोरेका कारण विकास बैंकहरुको समग्र नाफामा संकुचन देखिएको हो।
१० महिनासम्ममा सबैभन्दा बढी नाफा कमाउने बैंकमा मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकले ८७ करोड ६८ लाख रुपैयाँ नाफा कमाई सबैभन्दा बढी नाफा कमाउने विकास बैंक बनन्न सफल भएको छ । तर बैंकको यो नाफा गत आवको तुलनामा भने ११.८७ प्रतिशत कम हो।
त्यस्तै, गरिमा विकास बैंकले ८६ करोड ९३ लाख, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ६१ करोड ५४ लाख, कामना सेवा विकास बैंकले ५७ करोड ७५ लाख, सांग्रिला डेभलपमेन्ट बैंकले ४९ करोड ८७ लाख, महालक्ष्मी विकास बैंकले ४६ करोड ३२ लाख, ज्योति विकास बैंकले ३६ करोड १४ लाख, लुम्बिनी विकास बैंकले ११ करोड ९२ लाख, मितेरी डेभलपमेन्ट बैंकले १० करोड १३ लाख, सिन्धु विकासले ७ करोड ३४ लाख, ग्रीन डेभलपमेन्ट बैंकलेल २ करोड ३२ लाख र कर्पोरेट डेभलपमेन्ट बैंकले १ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको छ ।
सो अवधिसम्म सबैभन्दा बढी घाटा ब्यहोर्ने बैंकमा भने कर्णाली डेभलपमेन्ट बैंक रहेको छ । बैंकले सो अवधिसम्म ८४ करोड ६१ लाख रुपैयाँ घाटा ब्यहोरेरको छ ।
त्यस्तै, एक्सेल डेभलपमेन्ट बैंकले ११ करोड ३४ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकले ३ करोड ४२ लाख, नारायणी डेभलपमेन्ट बैंकले १ करोड ६ लाख र सालपा विकास बैंकले ३३ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
हायर पर्चेज कर्जाको ब्याजदरमा राष्ट्र बैंकको कडाइ
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार


