हाल ४५ बिलियनको चिपको ब्यापार २०२८ सम्म ५०० बिलियन पुग्ने
काठमाडौं । अग्रणी चिप निर्माता एडभान्स्ड माइक्रो डिभाइस (एएमडी) का प्रमुख कार्यकारी लिसा सुले सन् २०२८ सम्ममा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रोसेसरको बजार ५०० बिलियन डलर नाघ्ने दावी गरेका छन् ।
सिलिकन भ्यालीमा आधारित कम्पनीले एआई चिपको बजार वार्षिक रूपमा ६० प्रतिशतभन्दा बढी बढ्ने अपेक्षा गरेको छ । यसरी सन् २०२३ मा ४५ अर्ब डलर रहेको बजार सन् २०२८ सम्ममा बढेर ५०० अर्ब डलर पुग्ने उनको दावी छ ।
‘हामीले आज जे देखिरहेका छौं त्यसको आधारमा, म तपाईलाई भन्न सक्छु कि यो संख्या २०२८ सम्म ५०० बिलियन बराबरको कारोबार नाघ्नेछ’ सुले भने। कार्यक्रममा कम्पनीले ‘एमआई ३५० सिरिज’ को ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) र अन्य धेरै उत्पादनहरु पनि प्रस्तुत गरेको थियो ।
सुले भर्खरै ल्याएको चिप छनोट गर्नु ग्राहकका लागि फाइदाजनक हुनेसमेत बताएका छन् । । उनले यी चिप्सले प्रति डलरमा ४० प्रतिशत बढी क्षमता रहेको दाबीसमेत गरेका छन्। एनभिडिया कम्पनीको सामान्यतया ‘जिपीयु’ बजारमा स्थापित मानिन्छ र यसको चिप्सको माग पनि धेरै छ। यसको चिपको लागि प्रतिक्षा अवधि पनि रहेको हुन्छ।
एएमडी प्रमुखले भने कि सबैभन्दा ठूलो भारतीय टेलिकम कम्पनी रिलायन्स जियोसहित १० ठूला एआई ग्राहकहरू मध्ये सात कम्पनिले हाल एएमडी इन्स्टिंक्ट एक्सेलेटर प्रयोग गरिरहेका छन्। यस अवसरमा कम्पनीले डेभलपर क्लाउड एक्सेस प्रोग्राम पनि सुरु गर्यो, जस अन्तर्गत यसले विकासकर्ता समुदायलाई आफ्ना प्रस्तावहरूमा प्रत्यक्ष पहुँच गर्न अनुमति दिनेछ।
सम्बन्धित समाचार
सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु.३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार
रिडाराले ल्यायो ‘फेस्टिभ एडभेन्चर्स अवेट’ अभियान, पक्का उपहारसँगै बम्पर पुरस्कार जित्ने अवसर
एक्सपेङको ‘सेलिब्रेसन अपग्रेड’, १२ लाखसम्मको विशेष छुट
पोखरामा सिएफमोटोको नयाँ ३एस आउटलेट उद्घाटन, बिक्रीसँगै सेवा र स्पेयर पार्ट्स सुविधा
शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्मको अवसर
भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

