ईरान-ईजरायल युद्द, नेपाल फर्कन चाहानेलाई सरकारले उद्दार गर्ने
काठमाडौं । इजरायल, इरान युद्धका कारण विकसित पछिल्लो परिस्थितिका बारेमा छलफल भएको छ ।
ईरान-ईजरायलमा रहेका नेपाली नागरिकहरूको सुरक्षा र उद्धारका विषयमा आज परराष्ट्र मन्त्रालयमा गृह, श्रम रोजगार तथा सामाजिक सुरक्षा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयस्तरीय बैठक सम्पन्न भएको हो।
परराष्ट्र मन्त्रि आरजु राणाका अनुसार ती देशमा रहेका र स्वदेश फर्कन चाहने नेपालीहरुलाई परराष्ट्र मन्त्रालयले स्थापना गरेको पोर्टलमा दर्ता गर्न अपिल गरिएको छ ।
उनका अनुसार नेपालले त्यहाँको अवस्थालाई युद्ध सुरू भएदेखि नै गम्भीर रुपमा हेरिरहेको र यदि कोही नेपालीले स्वदेश फर्कन चाहेमा उनीहरुलाई के कसरी उद्धार गरी ल्याउने भन्ने विषयमा पनि छलफल भएको छ ।
यसका लागि सम्बद्ध अरु तीन मन्त्रालयका समेत अधिकारीहरु सम्मिलित एक युनिट परराष्ट्र मन्त्रालयमा खडा गरी चौबिसै घन्टा काम गर्ने निर्णय पनि भएको छ । श्रम मन्त्री माननीय शरदसिंह भण्डारी सहित श्रम, गृह र पर्यटन मन्त्रालयका सचिवज्यूहरुले पनि आवश्यक समन्वय र सहयोग बारे कुराकानी गरिएको उनले जानकारी दिईन्।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


