एसीसी यू-१६ इस्ट जोन प्रतियोगितामा नेपालको विजयी सुरुवात
काठमाडौं । नेपालले एसीसी यू-१६ इस्ट जोन प्रतियोगितामा विजयी सुरुवात गरेको छ । प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो । सिंगापुरले दिएको १३९ रनको लक्ष्य पछाएको नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
नेपालका लागि प्रसिद्ध जैसीले अविजित ५५ रन बनाए भने रौनक श्रीवास्तवले ४० रन बनाएका थिए । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको सिंगापुरले ३६.a१ ओभरमा अल आउट हुदै १३८ रन बनाएको थियो । सिंगापुरका लागि कप्तान रियान नायकले सर्बाधिक ५३ रन बनाए भने आहान बुथानडमले ३८ रन बनाएका थिए ।
त्यस्तै नेपालका कप्तान विपिन शर्माले सर्बाधिक ४ विकेट लिएका थिए सचिन भट्टले २ तथा अभय यादव र शुभम खनालले एक एक विकेट लिएका थिए । प्रतियोगिता अन्तर्गत अब नेपालले दोस्रो खेल जुन २४ मा जापानविरुद्ध, जुन २९ मा इन्डोनेसियाविरुद्ध र जुलाई १ मा भुटानविरुद्ध खेल्ने तालिका रहेको छ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


