निजगढमा सिसिटिभी जडान गर्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु
बारा । बारा जिल्लाको निजगढ नगरपालिका ५ स्थित प्रतिक्षा टोलमा सिसिटिभी जडान गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । शुक्रबार राति करेन्ट लागेर घाइते भएका निजगढ नगरपालिका ८ बकैया टोल निवासी ३४ वर्षीय रवि सापकोटाको वीरगंजस्थित बयोद्या अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सार्वजनिक स्थानमा सिसिटिभी जडान गर्ने काममा संलग्न रहेका सापकोटा अचानक करेन्ट लागेपछि गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि वीरगंज लगिएको थियो तर उपचारकै क्रममा मृत्यु भएको हो । प्रहरीले घटना बारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
सिसिटिभी जडानका क्रममा सुरक्षा सतर्कता नअपनाएको सम्भावना पनि प्रहरीको प्रारम्भिक अनुमानमा रहेको छ । यस घटनाले स्थानीय तहमा सार्वजनिक पूर्वाधार जडानका बेला सुरक्षाका उपायहरूमा ध्यान दिनुपर्ने आवश्यकतामाथि प्रश्न उठाएको छ ।
सम्बन्धित समाचार
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

