Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

परालको भुसमा लुकाएर काजु तस्करी, सर्लाहीमा मिनी ट्रकसहित चालक पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, असार, २२
परालको भुसमा लुकाएर काजु तस्करी, सर्लाहीमा मिनी ट्रकसहित चालक पक्राउ

काठमाडौं । सर्लाहीको बागमती नगरपालिका-१२ स्थित चेकपोष्टबाट प्रहरीले ठूलो मात्रामा काजु लुकाएर तस्करी गरिँदै गरेको मिनी ट्रक नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, कर्मैयाबाट खटिएको टोलीले आइतबार परालको भुस लोड गरिएको ग२ख १४१८ नम्बरको मिनी ट्रकमा लुकाएर ल्याइएको काजु बरामद गरेको हो।

सर्लाही प्रहरी प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार ट्रकमा परालको भुस लोड गरिएको थियो। त्यसभित्र २८ वटा प्लास्टिकका बोरा थिए। बोराभित्र ८२ वटा प्लास्टिकका बाल्टिन थिए। प्रतिबाल्टिन १० किलोका दरले जम्मा ८२० किलो काजु लुकाइएको थियो।

बरामद काजुको बजार मूल्य करिब १२ लाख ३० हजार रुपैयाँ रहेको अनुमान गरिएको छ।

साथै, उक्त तस्करीमा प्रयोग गरिएको ट्रकको मूल्य करिब २५ लाख रुपैयाँ रहेको छ। काजु र ट्रकको संयुक्त मूल्य ३७ लाख ३० हजार रुपैयाँ पुग्छ।

तस्करीको आरोपमा ट्रक चालक सर्लाही, बरहथवा नगरपालिका–१३ बस्ने ५६ वर्षीय राजवंशी झालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

गाडी, चालक र बरामद मालसामानसहित थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, कर्मैयामा राखिएको छ।

खड्काका काजु भारतबाट भित्र्याएर राजधानी काठमाडौंतर्फ लैजाँदै गरिएको हुन सक्ने आशंका गरिएको छ। प्रारम्भिक अनुसन्धानपछि राजस्व छली तथा संगठित तस्करीको मुद्दा अघि बढाइने तयारी भइरहेको प्रहरीको भनाइ छ।

Top Changing Nepal

युट्युब सट्स