ट्रकमा करेन्ट लाग्दा खलाँसीको मृत्यु, दुई जना घाइते
सर्लाही । सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१ लखनदेही पुल नजिकै रहेको न्यू माँ राजदेवी खाद्य उद्योग परिसर भित्र बिधुतिय करेन्ट लागेर खलाँसीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
आज बिहान अन्दाजी ६:४५ बजे रौतहटबाट धानको भुस लिन आएको ना.६ ख ७५५० नम्बरको ट्रकमा त्रिपाल हटाउने क्रममा माथिबाट गएको ११ हजार भोल्टको विद्युत् लाइनमा करेन्ट लागेको थियो।
करेन्ट लागेर ट्रकमा काम गरिरहेका खलाँसी रौतहट बृन्दावन नगरपालिका–७ का ३० वर्षीय दिनेश पासवानको उपचारको क्रममा मृत्यु भएको सर्लाही प्रहरी प्रवक्ता डीएसपी सरोज कुमार राईले न्युज कारखाना लाई बताएका छन्।
करेन्ट लागेर अन्य तीनजना कामदारहरु घाईते भएका छन्।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नवलपुरबाट सई भरत साहको कमाण्डमा तीन जनाको प्रहरी टोली घटनास्थलमा खटिएर घाइतेहरुलाई तत्कालै उपचारको लागि नमुना अस्पताल, हरिवन पठाएको थियो। घटनामा ट्रकका सहचालक खलाँसी पासवानको उपचारको क्रममा बिहान ७:१० बजे मृत्यु भएको नमुना अस्पतालले जनाएको छ।
त्यस्तै, सोही ट्रकमा काम गर्दै आएका २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान दुवै हात र खुट्टामा करेन्ट लागेको अवस्थामा उपचाररत छन्। उनीहरुको अवस्था मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ।
प्रहरीका अनुसार उक्त ट्रक इलाका प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा रहेको छ भने ट्रक चालक वीरगञ्ज महानगरपालिका–३० निवासी ३९ वर्षीय शेख लाल महमद पनि हाल उपचारमा संलग्न छन्। उक्त स्थान इलाका प्रहरी कार्यालय नवलपुरबाट करिब ५०० मिटर पश्चिममा पर्ने बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


