नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
तेल अहिव । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको स्वास्थ्य अचानक बिग्रिएपछि चिकित्सकले उनलाई आराम गर्न सल्लाह दिएका छन् । नेतान्याहुको कार्यालयले उनलाई खानामा ‘फुड पोइजन’ भएको जानकारी दिएको छ ।
राति उनको स्वास्थ्य अचानक बिग्रन थालेपछि उनको आन्द्रा र शरीरमा पानीको कमी भएको चिकित्सकले बताएका छन् । हाल उनको उपचार भइरहेको छ र तरल पदार्थ खुवाइँदैछ। चिकित्सकको सल्लाहपछि उनले अब घरमै आराम गर्ने र त्यहीँबाट सरकारी काम सम्हाल्ने बताइएको छ ।
यसैबीच उनको स्वास्थ्य बिग्रिएपछि उनीविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ पनि स्थगित भएको छ । यस मुद्दाको अर्को सुनुवाइ सेप्टेम्बर अघि हुने छैन, किनभने इजरायलका अदालतहरू गर्मीको बिदाका कारण बन्द छन्। यो मुद्दा सन् २०२० मा सुरु भएको थियो र अहिलेसम्म धेरै पटक यसको सुनुवाइ स्थगित भएको छ।
यसअघि नेतन्याहुले गाजा युद्ध र त्यसपछि लेबनानमा भएको द्वन्द्वको कारण सुनुवाइ स्थगित गरेका थिए। यस मामलामा, नेतान्याहु र उनकी पत्नी साराले २ लाख ६० हजार अमेरिकन डलर बराबरको महँगो उपहार प्राप्त गरेको आरोप छ। यसमा सिगार, गहना र शैम्पेन समावेश छ। बदलामा उनीमाथि कथित रूपमा राजनीतिक सहयोग गरेको आरोप छ।
नेतान्याहु विगतमा धेरै स्वास्थ्य समस्याबाट ग्रस्त छन्। सन् २०२३ मा उनको मुटुमा पेसमेकर जडान गरिएको थियो । त्यसपछि डिसेम्बरमा प्रोस्टेटको शल्यक्रिया गर्नुपरेको थियो ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


