Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

सेयर बजारमा हरियाली, १८ अर्ब बढीको कारोबार

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, श्रावण, १४
सेयर बजारमा हरियाली, १८ अर्ब बढीको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) परिसूचक आज ३०.४९ अंकले बढेर ३००१.८० बिन्दुमा पुगेको छ। लगातारको उतारचढावपछि बजार आज हरियाली बनेको हो।

मंगलबार ३२१ कम्पनीका ४ करोड १८ लाख ८ हजार कित्ता शेयर किनबेच भएका छन्। कुल कारोबार रकम १८ अर्ब ५२ करोड ९३ लाख रुपैयाँ पुगेको छ, जुन पछिल्ला दिनको तुलनामा उल्लेखनीय वृद्धि हो।

आज कुल ११ उपसूचक सकारात्मक रहे। तीमध्ये विकास बैंक समूह १.१४ प्रतिशतले, इन्भेष्टमेन्ट समूह १.०९ प्रतिशतले र जीवन बीमा समूह ०.९८ प्रतिशतले उकालो लागेका छन्। लगानीकर्ताको विश्वास बलियो देखिएको आजको कारोबारले बजारमा थप उत्साह सिर्जना गरेको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स