झापा इनर्जी लिमिटेडले आईपीओ निष्कासन सुरु गर्दै, आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेका नेपालीलाई प्राथमिकता
काठमाडौं । झापा इनर्जी लिमिटेडले आगामी बुधबार (आज) देखि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) सुरु गर्दैछ। कम्पनीले सौर्य विद्युत् आयोजना सञ्चालन क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्राथमिक रुपमा शेयर खुला गर्न लागेको हो।
आयोजना प्रभावितका लागि ३ लाख ८० हजार कित्ता शेयर
कम्पनीले आफ्नो कुल जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १०% हिस्सा, अर्थात् ३ करोड ८० लाख १९ हजार रुपैयाँ बराबरका साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सार्वजनिक गर्न लागेको हो।
कुल ३ लाख ८० हजार १९० कित्ता शेयरमध्ये,
१ लाख ९० हजार ९५ कित्ता सौर्य आयोजना निर्माणस्थल—शिवसताक्षी नगरपालिका वडा नं. ४ र त्यस वरपर १०० मिटर भित्रका बासिन्दालाई
बाँकी १ लाख ९० हजार ९५ कित्ता वडा नं. ४ का अन्य क्षेत्रका बासिन्दालाई प्रदान गरिनेछ।
वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छुट्टै अवसर
नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपाली कामदारका लागि कम्पनीले ५७ हजार २९ कित्ता साधारण शेयर निष्कासन गर्न लागेको छ। यसका लागि ५७ लाख २ हजार ९०० रुपैयाँ बराबरको पूँजी छुट्याइएको छ।
आवेदन प्रक्रिया र म्याद
न्यूनतम १० कित्ता र अधिकतम ५,००० कित्तासम्म आवेदन दिन सकिनेछ।
स्थानिय बासिन्दाका लागि आवेदन दिने अन्तिम म्याद:
छिटोमा: साउन २८ गते
ढिलोमा: भदौ १२ गतेसम्म
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि:
छिटोमा: साउन १८ गते
ढिलोमा: साउन २८ गतेसम्म
आयोजनाको अवस्था
कम्पनीले संचालन गरेको १० मेगावाट क्षमताको ग्रीड–जडित सौर्य आयोजनाको कुल लागत ८७ करोड ९० लाख रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत ८ करोड ७९ लाख रुपैयाँ पर्न आएको छ। परियोजनाको विद्युत् उत्पादन अनुमति अझै २२ वर्ष बाँकी रहेको छ।
लगानी फिर्ता हुने अनुमानित अवधि:
इक्विटीको हिसाबले: ९.५५ वर्ष (साधारण), १३.४६ वर्ष (डिस्काउन्टमा)
प्रोजेक्ट हिसाबले: ८.०६ वर्ष (साधारण), १५.६६ वर्ष (डिस्काउन्टमा)
आवेदन दिने स्थान
स्थानिय बासिन्दा: हिमालयन बैंकका दुधे, दमक र सुरुङ्गा शाखा तथा आयोजनास्थलमै आवेदन दिन सकिनेछ।
वैदेशिक रोजगारमा रहेका नेपाली: नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूमार्फत अनलाइन आवेदन दिन सकिनेछ।
शेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


