Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

सवारी कर, लाइसेन्स र दर्ताबाट सर्लाहीमा १२ करोडभन्दा बढी राजस्व संकलन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, श्रावण, १८
सवारी कर, लाइसेन्स र दर्ताबाट सर्लाहीमा १२ करोडभन्दा बढी राजस्व संकलन

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा रहेको यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा १२ करोड १७ लाख ९६ हजार ६११ रुपैयाँ राजस्व संकलन गरेको छ ।

२०७९ मंसिर १७ गते स्थापना गरिएको उक्त कार्यालयले सवारीसाधन कर चालक अनुमति पत्र सवारी दर्ता किताब सवारी आयकरलगायत शीर्षकबाट राजस्व उठाउँदै आएको छ ।

कार्यालयका प्रमुख शशी यादवका अनुसार सवारीसाधन करबाट मात्रै ८ करोड २९ लाख ९८ हजार ७१ रुपैयाँ, सवारी चालक अनुमति पत्र र सवारी दर्ता किताबबाट ३ करोड ५२ लाख ४५ हजार ५८५ रुपैयाँ र सवारी आयकर शीर्षकमा २३ लाख ५० हजार ४२५ रुपैयाँ राजस्व संकलन गरिएको हो ।

सवारी सम्बन्धी नवीकरण, जरिवाना, नयाँ सवारी दर्ता, नामसारी, रुट परमिट लगायतका सेवामार्फत राजस्व उठाउँदै आएको कार्यालयले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स