Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, श्रावण, २०
कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजनिक गर्ने भएको छ। नतिजा सार्वजनिक गर्नका लागि बोर्डले आज साँझ ५ बजे बैठक बस्ने तयारी गरेको छ। बैठकले अन्तिम स्वीकृति दिएलगत्तै नतिजा प्रकाशित गरिने बोर्ड स्रोतले जनाएको छ।

यसअघि साउन १५ भित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य भए पनि शिक्षकहरुको आन्दोलनका कारण समयमै नतिजा प्रकाशन हुन सकेन। आन्दोलनका कारण उत्तरपुस्तिका मूल्यांकन प्रक्रिया प्रभावित हुँदा केही ढिलाइ भएको बोर्डले जनाएको छ। यस वर्ष देशभरबाट करिब ४ लाख विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए। परीक्षा गत वैशाख १४ देखि २५ गतेसम्म सञ्चालन भएको थियो।

बोर्डका अनुसार नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरुले वेबसाइट, एसएमएस तथा मोबाइल एपमार्फत आफ्नो नतिजा हेर्न सक्नेछन्।

naima expoTop Changing Nepal

युट्युब सट्स