कोरियन भाषा परीक्षाको आवेदन खुला, ५३०० नेपालीलाई रोजगारीको अवसर
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभागको ई.पि.एस. कोरिया शाखाले सन् २०२५ का लागि प्रथम चरणको कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरेको छ ।
दक्षिण कोरियामा रोजगारीको अवसर खोजिरहेका नेपाली नागरिकहरूका लागि यो परीक्षा महत्वपूर्ण मानिन्छ । ई.पि.एस. शाखाका अनुसार परीक्षा आवेदन फाराम साउन २६ गतेदेखि ३१ गतेसम्म अनलाइनमार्फत भर्न सकिनेछ ।
इच्छुक उम्मेदवारले https://eoers.epsnepal.gov.np वेबसाइटमा गई आवेदन दिनुपर्नेछ । परीक्षाका लागि आवेदन शुल्क २८ अमेरिकी डलर तोकिएको छ । यो परीक्षाबाट उत्पादनमूलक क्षेत्रमा ३,५०० जना र कृषि तथा पशुपालन क्षेत्रमा १,८०० जना गरी कुल ५,३०० जना नेपाली नागरिक छनोट गरिने सूचनामा उल्लेख गरिएको छ ।
ई।पि।एस। प्रणाली अन्तर्गत कोरियामा नेपाली श्रमिक पठाउने प्रक्रिया अनुसार लिइने यो परीक्षा HRD Service of Korea को समन्वयमा सञ्चालन गरिनेछ । ई.पि.एस. शाखाले इच्छुक तथा योग्य नेपाली नागरिकलाई निर्धारित म्यादभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ । परीक्षा सम्बन्धी थप जानकारी अर्को सूचनामार्फत सार्वजनिक गरिने जनाएको छ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


