१५ करोडमा बनेको एनिमेटेड फिल्म ‘महावतार नरसिंह’ सय करोड क्लबमा
मुम्बई । एनिमेटेड फिल्म महावतार नरसिंह रिलिज हुँदा धेरैलाई यो फिल्मको बारेमा धेरै थाहा पनि थिएन । यस फिल्मको बारेमा कुनै चर्चा थिएन तर माउथ पब्लिसिटीले यो फिल्मलाई १०० करोड क्लबमा पुर्याएको छ।
यसले बलिउडका ठूला फिल्महरूलाई पछाडी छाडेको छ र यसको बक्स अफिस कलेक्सन रोकिने वाला देखिएको छैन्। विशेष कुरा के छ भने फिल्मले साताका दिनमा पनि राम्रो कमाइ गरिरहेको छ । जसका कारण १०० करोड क्लबमा सामेल हुन १२ दिन मात्र लागेको थियो ।
होम्बले फिल्म्सको ब्यानरमा बनेको महावतार नरसिंहा गत जुलाई २५ मा हलमा रिलिज भएको थियो । त्यतिबेला सिनेमा हलमा ‘सायरा’ को चहलपहल थियो, त्यसैले ‘महावतार नरसिंहा’ले यति ठूलो कलेक्सन गर्छ भनेर कसैले सोचेका थिएनन् ।
महावतार नरसिंहलाई समीक्षक र दर्शकले निकै रुचाएका छन् । फिल्मले पहिलो दिनमै कम कमाई थियो तर माउथ पब्लिसिटी पछि त्यसयता बढ्दै गएको छ । सैकनिल्कको प्रारम्भिक प्रतिवेदन अनुसार महावतार नरसिंहाले १२ औँ दिन ७ करोड ७५ लाख संकलन गरेको छ । जस पछि फिल्मको कुल कलेक्सन १०६.०५ करोड पुगेको छ ।
महावतार नरसिंह जम्मा १५ करोडको बजेटमा बनेको फिल्म हो । अहिले सय करोडभन्दा बढी सङ्कलन भइसकेको छ । यो फिल्मबाट निर्मातालाई धेरै फाइदा भएको छ । यसवाट हैसिएका निर्माताले थप अरू फिल्म बनाउने घोषणा गरेका छन्।
निर्माण पक्षले अब महावतार नरसिंह फ्रेन्चाइजका थप ६ वटा चलचित्रको घोषणा गरेको छ । यसको रिलिज मिति पनि सार्वजनिक भएको छ । २०२७ मा ‘महावतार परशुराम’ आउनेछ, त्यसपछि २०२९ मा ‘महावतार रघुनंदन’, २०३१ मा ‘महावतार द्वारकाधीश’, ‘महावतार गोकुलानन्द’ सन् २०३३ मा आउँदैछ र अन्त्यमा २०३५ मा ‘महावतार कल्की पार्ट १’ आउँदैछ । यी फिल्मलाई लिएर निर्माताहरु निकै उत्साहित छन् ।
सम्बन्धित समाचार
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


