रिलिजको साता दिन अघी रजनीकान्तको ‘कुली’को २० करोडको टिकट बिक्री
मुम्बई । यतिबेला बक्स अफिसमा फिल्मको अभूतपूर्व सफलता देखिएको छ । चलचित्रहरू लगातार हिट भइरहेका छन् र निर्माताहरूले ठूलो नाफा कमाउँदै छन्। यसैबीच अगस्त १४ मा एकैसाथ यी दुई ठूला फिल्म रिलिज हुँदैछन् ।
एकातिर ऋतिक रोशन र जुनियर एनटीआरको एक्सन प्याक फिल्म ‘वार २’ छ भने अर्कोतिर साउथ सुपरस्टार रजनीकान्तको बहुप्रतिक्षित फिल्म ‘कुली’ छ । रजनीकान्तको फिल्म ‘कुली’ ले रिलिजअघि नै अग्रिम बुकिङबाट २० करोड कमाइसकेको छ ।
चलचित्रलाई लोकेश कनागराजले निर्देशन गरेका हुन् । विशेष कुरा के छ भने यस फिल्ममा आमिर खान र रजनीकान्त पहिलो पटक सँगै देखिने छन् । फिल्मको चर्को क्रेज रहेको छ, विशेषगरी विदेशमा यसको अग्रिम बुकिङ तीव्र गतिमा भइरहेको छ ।
रिपोर्टका अनुसार ‘कुली’ को बजेट करिब ३७५ करोड भारु रहेको छ । यस फिल्मका लागि रजनीकान्तलाई १५० करोड भारु पारिश्रमिक दिइएको छ । फिल्ममा उनी ‘देवा’ नामको पात्रमा देखिनेछन् । फिल्ममा नागार्जुनको पनि ठूलो भूमिका छ, जसले करिब ३० करोड पारिश्रमिक लिएका छन्। जहाँसम्म आमिर खानको सवाल छ, यो फिल्ममा रजनीकान्तसँगको आफ्नो मित्रता देखाउँदै कुनै पनि पैसा बिना काम गर्न राजी भएको बताइएको छ । फिल्ममा श्रुति हसन पनि देखिने छिन् ।
‘कुली’को अग्रिम कमाईलाई हेर्दा यो फिल्मले ‘वार २’ लाई कडा टक्कर दिन सक्छ भन्ने स्पष्ट हुन्छ । तर, ‘वार २’ पनि ठूलो मात्रामा रिलिज हुँदैछ र यसको तमिल भर्सन मात्रै ९० करोड भारुमा बिक्री भइसकेको छ, जसका कारण निर्माताले राम्रो नाफा कमाइ सकेका छन् ।
सम्बन्धित समाचार
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


