Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

आजदेखि माबिलुङ इनर्जीको आईपीओ बिक्री खुला,क-कसले भर्न पाउने ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, श्रावण, २७
आजदेखि माबिलुङ इनर्जीको आईपीओ बिक्री खुला,क-कसले भर्न पाउने ?

काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ बिक्री आवेदन खुला गरेको छ। कम्पनीले जारी पूँजीको ४८.९९९८ प्रतिशत अर्थात १५ लाख ४ हजार ७०६ कित्ता सेयर सार्वजनिक निष्कासन गरेको हो।

कम्पनीले गत असार १ गते नेपाल धितोपत्र बोर्डबाट प्रति सेयर १०० रुपैयाँ अंकित दरका १८ लाख ९० हजार ५३० कित्ता साधारण सेयर ९रु. १८ करोड ९० लाख ५३ हजार बराबर० निष्कासन गर्न अनुमति पाएको थियो।

यसअन्तर्गत १० प्रतिशत अर्थात ३ लाख ८५ हजार ८२४ कित्ता आयोजना प्रभावित क्षेत्र—संखुवासभा जिल्लाको मादी नगरपालिका–७,८,९ र चैनपुर नगरपालिका–२,३,७,८,९ का स्थायी बासिन्दाका लागि छुट्याइएको थियो। त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको १५ लाख ४ हजार ७०६ कित्तामध्ये १० प्रतिशत अर्थात १ लाख ५० हजार ४७१ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि गत असार २२ देखि साउन ४ गतेसम्म बिक्री भइसकेको छ।

पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री सम्पन्न भएपछि कम्पनीले अब आम सर्वसाधारणका लागि बिक्री खुला गरेको हो। यसमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूका तोकिएका शाखाहरू वा ‘मेरो सेयर’ प्रणालीमार्फत दिन सकिनेछ। आईपीओ बिक्री छिटोमा साउन २९ गते र ढिलोमा भदौ ९ गते बन्द हुनेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स