भारतले नेपालबाट थप २०० मेगावाट विद्युत खरिद गर्न सहमति
काठमाडौं । भारत सरकारले नेपालबाट थप २०० मेगावाट विद्युत खरिदका लागि अनुमति प्रदान गरेको छ। पाँच जलविद्युत आयोजना — लिखु–२, लिखु खोला ‘ए’, लोअर सोलु, ठुलो खोला, सुपर काबेली खोला ‘ए’ र सुपर काबेली खोलाबाट उत्पादित बिजुली आयातका लागि भारतले सहमति दिएको हो।
यसअघि भारतले नेपालबाट ८१०.९ मेगावाट विद्युत आयातको अनुमति दिएको थियो। नयाँ स्वीकृतिसहित नेपालबाट भारतमा निर्यात हुने विद्युत क्षमता १,०११ मेगावाट पुगेको छ। नेपालले बंगलादेशमा पनि ४० मेगावाट विद्युत निर्यात गर्दै आएको छ। यसरी नेपालको कुल विद्युत निर्यात स्वीकृति १,०५०.९ मेगावाट पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार, यो अतिरिक्त २०० मेगावाट विद्युत निर्यातको अनुमति आगामी ३१ अक्टोबरसम्मका लागि कायम रहनेछ। गत आर्थिक वर्ष ०८१/८२ मा नेपालले भारतमा विद्युत निर्यात गरेर १७ अर्ब ४७ करोड रुपैयाँ आम्दानी गरेको थियो। थप निर्यात अनुमति र सम्भावित विस्तारका कारण यस आर्थिक वर्षमा विद्युत निर्यात दोब्बर हुने प्राधिकरणको अनुमान छ।
सम्बन्धित समाचार
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

