कजारियाको काठमाडौंमा भव्य “आर्क एण्ड अरा” आर्किटेक्ट मिट आयोजना सम्पन्न
काठमाडौं । भारतको नंबर १ टाइल ब्रान्ड कजारियाले आफ्नो वार्षिक आर्किटेक्ट एवं डिजाइनर मिट, “आर्क एण्ड अरा”, सोल्टी होटल, काठमाडौंमा ८ अगस्त, २०२५ मा सफलतापूर्वक सम्पन्न गर्यो । यस कार्यक्रममा प्रख्यात आर्किटेक्टहरू, इन्फ्लुएन्सरहरू र उद्योग क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू एकत्रित भएर डिजाइन, नवीनता र नेटवर्किंगको एक सुन्दर साँझ साझा गरे ।
कार्यक्रमको सुरुवात कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांश अग्रवालको एक प्रभाबकारी प्रेजेन्टेसनबाट भयो, जसले कम्पनीको विश्वव्यापी उपलब्धिहरू, नेपालमा निर्माण विस्तार, आर्टिस्ट्री र सस्टेनेबिलिटी प्रतिको प्रतिबद्धताका बारेमा प्रकाश पारे ।

सहभागीहरूले कजारियाका प्रिमियम टाइल संग्रहहरू अन्वेषण गरे, जुन विभिन्न आकारहरूमा प्रदर्शित गरिएको थियो । यसमा लार्ज–फम्र्याट ग्लेज्ड भिट्रीफाइड टाइलहरू (६०x१२० सेमी, ८० x १६० सेमी, १२० x १८० सेमी, र २० x २४० सेमी) लगायतका बिभिन्न आकारहरू (६० x६० सेमी, ४० x ४० सेमी, ३०x ६० सेमी, ३० x ४५ सेमी, र १९.५ x १२० सेमी) समावेश थिए, जुन आवासीय र व्यावसायिक आवश्यकताहरू पूरा गर्न उपयुक्त छन् ।
कार्यक्रमको समापनमा कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक संजय अग्रवालले नेपालको आर्किटेक्चरल ल्यान्डस्केपलाई नवीन डिजाइन, स्थानीय निर्माण र सहकार्यमूलक साझेदारीद्वारा उच्चस्तरमा पुर्याउने कजारिया रमेश टाइल्स लिमिटेडको मिशन बताउँदै एक प्रेरणादायी भाषण दिए ।

साँझको कार्यक्रम नेटवर्किङ डिनरमा समापन भयो, जसले नेपालको सृजनशील व्यक्तित्वहरूबीच अर्थपूर्ण संवादहरूलाई प्रबद्र्धन गर्यो । कजारिया रमेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको बताइएको छ । विश्वस्तरीय मापदण्ड अनुसार तयार गरी अत्याधुनिक प्रविधिद्वारा निर्मित कजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ४,००० भन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गर्दछ ।
नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र १०० भन्दा बढी भरपर्दो डिलरहरूको बढ्दो नेटवर्कको साथ, कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको जनाइएको छ । कजारियाले विभिन्न प्रकारका ग्लेज्ड भिट्रीफाइड टाइल्स (६० x १२० सेमी, ६० x ६० सेमी, १९.५ x १२० सेमी), हेभी ड्युटी ग्लेज्ड भिट्रीफाइड टाइल्स (४० x ४० सेमी) र सिरामिक वाल टाइल्स (३० x ६० सेमी, ३० x ४५ सेमी) उपलब्ध गराउँछ । यी सबै टायलहरू जलप्रतिरोधी तथा दाग प्रतिरोधी छन्, जसले कुनै पनि स्थानका लागि उत्कृष्ट टिकाउपन र दीर्घकालीन प्रदर्शन सुनिश्चित गर्दछ । गुणस्तर, टिकाउपन र नविन डिजाइनमा केन्द्रित रहँदै, कजारिया नेपालमा लक्जरी जीवनशैलीको नयाँ मापदण्ड स्थापित गर्दै अघि बढिरहेको बताइएको छ ।


सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
सिप्रदी ट्रेडिङद्वारा टाटा बि एस सिक्स बस च्यासिस सार्वजनिक
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


