बन्दीपुर केवलकार एण्ड टुरिजमले भदौ ११ गतेदेखि आईपीओ खुला गर्ने
काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले यही भदौ ११ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५८ लाख ६० हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट गत असार १९ गते अनुमति पाएको हो।
अनुमति पाएसँगै कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेको छ। सो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई ५ लाख ६६ हजार कित्ता र वैदेशिक रोजगारमा गएका नेपालीलाई ५ लाख २९ हजार ४०० कित्ता सेयर छुट्याइएको थियो।
अब कम्पनीले कर्मचारीका लागि १ लाख ५८ हजार ८२० कित्ता, सामूहिक लगानी कोषका लागि २ लाख ६४ हजार ७०० कित्ता सुरक्षित गरी बाँकी रहेका ४३ लाख ४१ हजार ८० कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्नेछ।
सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म माग गर्न सक्नेछन्। यस अनुसार न्यूनतम १ हजारदेखि अधिकतम २० लाख रुपैयाँसम्मको लगानी गर्न सकिनेछ। आईपीओमा भदौ १५ गतेसम्म आवेदन दिन सकिनेछ। तर, सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि भदौ २५ गतेसम्म लम्बिन सक्नेछ।
यस आईपीओलाई केयर रेटिंग्स नेपालले ‘केयर–एनपी डबल बी इश्युअर’ रेटिङ दिएको छ, जसले कम्पनीको वित्तीय दायित्व समयमै बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको सङ्केत गर्छ।
आईपीओ निष्कासन र बाँडफाँडको व्यवस्थापन नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले गर्नेछ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


