Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टरको उद्घाटन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, भाद्र, ५
भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टरको उद्घाटन

काठमाडौं । भेष्पा अप्रिलियाको नेपालस्थित आधिकारिक बिक्रेताले काठमाडौंको बौद्ध, पिपलबोटमा नयाँ सर्भिस सेन्टर उद्घाटन गरेको छ। कम्पनीले आफ्ना ग्राहकलाई अझ उत्कृष्ट र भरपर्दो बिक्री पछिको सेवा उपलब्ध गराउने उद्देश्यसहित यो अत्याधुनिक सुविधा सुरु गरेको बताइएको छ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी हाम्रा ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्धता छौं। यो नयाँ सर्भिस सेन्टरले भेष्पा अप्रिलियाका ग्राहकहरुलाई सहज र भरपर्दो सेवा सुनिश्चित गर्नेछ।”

नयाँ सेन्टरमा अत्याधुनिक उपकरणहरू र अनुभवी प्राविधिकहरू उपलब्ध छन्, जसले स्कुटरहरूको मर्मत र सेवालाई प्रभावकारी बनाउनेछन्। ग्राहकहरुले अब स्पेयर पार्ट्स, सर्भिस र मर्मतका लागि एउटै छानामुनि सुविधा पाउनेछन्।

कम्पनीका निर्देशक तथा सीईओ विजय महतोले उद्घाटन अवसरमा भने, “यो नयाँ सर्भिस सेन्टरले ग्राहकहरूको सन्तुष्टिलाई अझ प्राथमिकतामा राख्दै बिक्री पछिको सेवाको दायरा फराकिलो बनाउनेछ। अब ग्राहकहरूले आफ्नो स्कुटरको मर्मत र सेवाका लागि सहजै सम्पर्क गर्न सक्नेछन्।”

डेल्टा अटोकर्पले यसअघि नै भेष्पा अप्रिलिया स्कुटरका लागि गुणस्तरीय बिक्री र बिक्री पछिको सेवामा विश्वास जित्दै आएको  बताइएको छ। नयाँ सर्भिस सेन्टरको सञ्चालनसँगै कम्पनीले ग्राहक सेवा प्रवाहलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिज्ञा गरेको जनाइएको  छ।

naima expoTop Changing Nepal

युट्युब सट्स