अपहरणमा परेका बालकको प्रहरीले यसरी गर्यो सकुशल उद्धार
अभिभावकहरु काममा गएको अवस्थामा अपरिचित व्यक्तिहरुले शुक्रबार घरबाटै अपहरण गरी लगेका सुनसरी, मधेली–८ मधेली बस्ने महमद जावुल मियाको छोरा ९ वर्षीय महमद दिलवर मियाको प्रहरीले सकुशल उद्धार गरेको नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताएको छ ।
उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दुहवीबाट खटी गएको प्रहरीले खोजतलास गर्ने क्रममा सोनापुर–८ बस्ने १७ वर्षीय रिजवन अन्सारीलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा अपहरण गरी भारत अररिया जिल्लाको फुल्काहामा रहेको फुपुको घरमा लगी राखेको बताएपछि भारतीय प्रहरीसँग समन्वय गरी बालकलाई शनिबार सकुशल उद्धार गरिएको हो । घटनामा संलग्न सोही ठाउँ बस्ने २५ वर्षीय अलाउदिन मिया हाल फरार रहेकोले प्रहरीबाट उनको खोजी तथा थप आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।
यस्तै बाँके कोहलपुर नगरपालिका–११ मेडिकल कलेजको गेटबाट दाङ तुलसीपुर नगरपालिका–९ बस्ने ५ वर्षीय सुजन ओंलीलाई अपरिचित पुरुषले शनिबार अपहरण गरी लगेको भन्ने खवर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले सोही ठाउँस्थित बसपार्क नजिकबाट बालकलाई सकुसल उद्धार गरी आफन्तको जिम्मा लगाएको छ । अपहरण गर्ने व्यक्ति महादेवपुरी–४ बस्ने अम्मर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


